सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एसईई नतिजा : कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

एसईई नतिजा : कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

2925
Shares
एसईई नतिजा : कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण ?

असार १२ ,काठमाडौं; राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छlराष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।
विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए ।

नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा २७८६ जना रहेका छन् । यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।

यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् ।

यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् ।

यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।

2925
Shares

ट्रेन्डिङ