सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा टिपरले मोटरसाईकललाई ठक्कर एकको मृत्यु

काभ्रेमा टिपरले मोटरसाईकललाई ठक्कर एकको मृत्यु

4290
Shares
काभ्रेमा टिपरले मोटरसाईकललाई ठक्कर एकको  मृत्यु

सनम सुवाल ,काभ्रे ,असार १२ ;बिहिबार साँझ पाँचखाल नगरपालिका वडा नं. ८ पचास किलो स्थित अरनिको राजमार्गमा दोलालघाटबाट पाँचखालतर्फ आउँदै गरेको बा. ५ ख २५९३ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा. ५९ प ६३९० नम्बरको मोटर साईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुईजना घाईते भएका थिए ।

घाईतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा उपचारको क्रममा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । मृत्यु हुनेमा चालक पाँचखाल १ का श्याम प्रसाद दाहाल भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन् ।

सो मोटरसाईकलमा सवार घाईते मण्डन देउपुर नगरपालिका वडा नं. ४ का ध्रुव प्रसाद पराजुलीको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

4290
Shares

ट्रेन्डिङ