सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रेयूकाईमा उपकरण हस्तान्तरण तथा शिक्षक तालिम उदघाटन

रेयूकाईमा उपकरण हस्तान्तरण तथा शिक्षक तालिम उदघाटन

5315
Shares
रेयूकाईमा उपकरण हस्तान्तरण तथा शिक्षक तालिम उदघाटन

पुजन धिताल– काभ्रे

काभ्रेमा २००७ सालमा स्थापना भई आँखाको रोगीहरुलाई निरन्तर सेवा दिदै आएको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले आज शिक्षकहरुका लागी तालीम तथा अष्ट्रेलियन राजदुत पिटर वर्डको प्रमुख आतिथ्यतामा अस्पतालका लागी अत्यावस्यक उपकरण तथा मेसेनरी सामाग्रीहरु हस्तान्तरण भएको छ । ३७ साल ७५ हजार बराबरको मेसेनरी उपकरण आँखा अस्पताललाई अष्ट्रेलियन राजदुत वर्डले हस्तान्तरण गरेका छन् ।

अस्पतालले हाल सम्म आउदा देशका विभिन्न जिल्ला तथा काभ्रेका विभिन्न ठाउँमा समेत आफ्ना सेवाहरु दिदै आएको छ । अस्पतालले धनुषा जिल्लामा र सिन्धुपाल्चोकको खाडीचौरमा र काभ्रे जिल्लाकै कुशादेविमा महिनाको एक पटक आँखाको विरामीहरुको चेक जाँच गर्ने गरेको अस्पतालका महासचिव हिरामणी शर्माले जानकारी दिए ।

कार्यक्रममा काभ्रेको रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष विष्ण प्रसाद सापकोटाले अस्पतालको लागी नगद रु २ लाखको चेक हस्तान्तरण गरेका थिए । सोहि अबसरमा जिल्लाको व्यापारी नगरमा स्थापना भएको क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाका सस्था सचिव सनि मानन्धरले पनि सहकारीको तर्फबाट नगद रु ५० हाजार सहयोग गरेकि थिइन ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी उदय राणा मगरले आफू यस ठाउँमा पहिलो पटक आई यहाँको परिवेस हेर्दा म आफै प्रभावित भएको बताए । मगरले भने हामीले गर्ने हो भने के गर्न सकिन्न भन्ने एउटा प्रस्ट उदारण रेयूकाई अस्पताल परिवार रहेको देख्न सकिन्छ । देशको विभिन्न ठाउँमा रेयूकाई जस्तो सामाजिक संस्थाले राम्रो सेवा दिदै आएको जानकारी पाउदा अफु खुसि भएको र उत्त अस्पताल सित उहाँको पनि विषेशत आवदता रहेका कारणले गर्दा खेरी साँचै नै प्रभावित भएको बताए । शिक्षकहरुलाई आँखाको बारेमा सामाजिक जानकारी गराउने र आफ्ना विद्यार्थीहरुलाई सचेतना गराउने हेतुले यस्तो कामको थालनी अस्पतालले गरेकोमा खुसि व्यक्त गरे ।

सोहि कार्यक्रममा बनेपा नगरपालीकाका प्रमुख लक्ष्मी नरसिंह बादेले कार्यक्रममा सम्बोधन गर्दै विभिन्न चरणमा भएका विभिन्न महत्व पूर्ण उपकरणको सहयोग गर्नु निकै सर्हानिय कार्य भएको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि रहेका अष्ट्रेलियन राजदुत पिटर वर्डले कार्यक्रममा सम्बोधन गर्दै हाम्रो सहयोग भन्दा पनी रेयूकाई अस्पतालले गरेको काम प्रसम्सा योग्य रहेको र आगामी दिनमा पनी सहयोग गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियन राजदुत पिटर वर्डलाई अस्पतालको र बनेपा नगरपालीकाको तर्फबाट मायाको चिनो समेत हस्तान्तरण गरीएको थियो ।

5315
Shares

ट्रेन्डिङ