सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • तेजगंगा क्याम्पसमा ताला बन्द

तेजगंगा क्याम्पसमा ताला बन्द

4430
Shares
तेजगंगा क्याम्पसमा ताला बन्द

काभ्रे ,११ भदौ : क्याम्पस प्रशासनलाई पटक पटक अनुरोध गर्दा पनि आफ्ना मागहरु प्रति जिम्मेवार नबनेको भन्दै पनौतीमा रहेको तेजगंगा बहुमुखी क्याम्पसमा विभिन्न माग सहित ताला लगाइएको छ । यस अघि पटक पटक क्याम्पस प्रशासन सँग लिखित माग गरेको स्ववियुले अन्तिम पटक २४ घण्टे अल्टिमेटम दिँदै भाद्र ९ गते ६ बुँदे मागपत्र पेस गरेको थियो ।

बुधवार स्वतन्त्र िबद्यार्थी युनियन तेजगंंगा बहुमुखी क्याम्पसका अध्यक्ष राजेश थापाद्वारा हस्ताक्षरीत विज्ञप्ती जारी गर्दै क्यामपस प्रशासन कक्षमा युनियनले तला लगाइ दिएको छ । क्याम्पसले मनोमानी हिसाबले शुल्क समायोजन गरेको ।

क्याम्पस व्यवस्थापन समितिमा विद्यार्थी प्रतिनिधिको सहमति विपरीत नै निर्णय गराइएको । शैक्षिक क्यालेण्डरको पालना नभएको,विद्यार्थी सँग लिएको शुल्क र लेखापरीक्षण हिसाब फरक पाइएको । लगायतका विषयमा असहमति रहेको स्ववियुले जनाएको छ ।

4430
Shares

ट्रेन्डिङ