सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष

मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष

580
Shares
मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको उनले बताए । सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ ।

भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराँती देख्दा गर्वले आँसु आयो, बिहानै ७ः३० बजे मन्त्रालय फस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन् ।

580
Shares

ट्रेन्डिङ