सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

5665
Shares
ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

सुनिल श्रेष्ठ  , पर्सा , पुष , ९  ,  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरले ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा मंगलबार ट्राफिम्क जनचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । सो कार्यत्रम ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पर्सा ट्राफिकका प्रहरी निरिक्षक कमलराज पंडित रहनु भएको थियो ।

सो कार्यक्रममा वीरगंजको विभिन्न स्थानबाट चल्ने २०० वटा ई–रिक्साको कागजात–पत्र र सवारी अनुमति–पक्रको चेकजाँच गरिएको थियो । चेकजाँचको त्रममा ७० वटा ई–रिक्सामा कागजात तथा सवारी अनुमतिपत्र नभएको कारण सजायवापत २ घण्टासम्म सो ई–रिक्साहरु र रिक्सा चालकहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिइएका ई–रिक्साहरुलाई एकपटकको लागि चेतावनी मात्रै दिएका थिए  ।

भने पर्सा ट्राफिकका प्रहरी निरिक्षक पंडितले ट्राफिक नियम सम्बन्धी चालकहरुलाई जानकारी समेत गराएका थिए । कार्यक्रममा आदर्शनगर प्रहरी बिटका प्रहरी नायब निरिक्षक सूर्य बहादुर चौधरी, व्यवस्थित वीरगंजका दिलिपराज कार्की, ग्रीन सिटीका पदाधिकारीहरु र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

5665
Shares

ट्रेन्डिङ