सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हेटौंडाको रातोमाटेमा सेनिटाइजि‌ङ टनेल निर्माण

हेटौंडाको रातोमाटेमा सेनिटाइजि‌ङ टनेल निर्माण

5220
Shares
हेटौंडाको रातोमाटेमा सेनिटाइजि‌ङ टनेल निर्माण

वैशाख, २२, हेटौंडा । वागमती प्रदेशको दक्षिणी सीमासँग जोडिएको जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले सावधानी अपनाउन थालेको छ । प्रदेश २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरमा कोरोना संक्रमित भेटिएसँगै वागमती प्रदेश सरकारले नाकाबाटै सुरक्षाको तयारी थालेको हो ।

सरकारले व्यवसायी र सामाजिक संस्थासँगको सहकार्यमा हेटौंडा-१५ स्थित रातोमाटेमा सेनेटाइजिङ टनेल जडान गरेर सावधानी अपनाउन सुरु गरेको हो ।सेनिटाइजर स्प्रे गरेर मात्रै मानिसलाई हेटौंडा प्रवेश गराउने अभियान थालेको सरकारले दक्षिणी क्षेत्रबाट आएका सवारी साधनलाई डिसइन्फेक्सन गर्न सेनिटाइजिङ टनेल सञ्चालनमा ल्याएको हो ।

सेनिटाइजिङ टनेलभित्र सवारी साधन प्रवेश गर्नेबित्तिकै अटोमेटिक रुपमा मेसिन सञ्चालन हुने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रदेश सरकारले दुई लाख ७० हजार रुपैयाँको लागतमा निर्माण गरेको टनेलको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गरेका छन् । मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ हुँदै हेटौंडा भित्रिने सबै सवारी साधनलाई सेनिटाइज गरेर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाउन सुरक्षा निकायसँग आग्रह गरे ।
-अनलाइनखबर
5220
Shares

ट्रेन्डिङ