सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा नारायणी अस्पतालको सम्पुर्ण सेवा पुनः सन्चालन गर्न जोरदार माग

सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा नारायणी अस्पतालको सम्पुर्ण सेवा पुनः सन्चालन गर्न जोरदार माग

8670
Shares
सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा नारायणी अस्पतालको सम्पुर्ण सेवा पुनः  सन्चालन गर्न जोरदार माग
  • सुनिल श्रेष्ठ

बिरगंज , बैशाख २३ / सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ ले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरगंजको नारायणी अस्पताललाई कोरोना भाइरस अर्थात कोभिड-१९ का लागि सक्रमितको उपचार गर्ने अस्पतालको रुपमा निर्णय गरि सबै सेवाहरु बन्द गरेकोले सो निर्णय सच्याउन समेत माग गरेको छ ।

२-४ जना कोरोना भाईरसका संक्रमितहरु देखिएकोले उनिहरुको उपचारका लागी पुरै अस्पतालका सेवाहरु बन्द गर्नु आम नागरिकहरुको स्वास्थ्य उपचारबाट बन्चित गर्नु ठहर भएकोले आम नागरिकहरुको जिउ धनजनको सुरक्षा र ग्यारेन्टी सरकारले लिनु पर्ने बताए। बिरगंजमा रहेको नारायणी अस्पताल मध्य तराईकै बारा, पर्सा , रौतहट र छिमेकी भारतबाट पनि उपचार गर्न आउने एक मात्र भरपर्दो अस्पताल रहेकोले यस अस्पतालबाट उपलब्ध हुदै आईरहेको जनरल सेवा, ओपिडी सेवा, आईसियु सेवा, प्रस्सुती सेवा , मिर्गौला खराबी भएकाको लागी अति आवस्यक डाईलासिस सेवा पुनः सन्चालन गरि अकालमा मृत्यु हुनबाट बचाउन यस बिज्ञप्ति मार्फत माग गरेको जनाईएको छ ।

त्यसै गरि कोरोना भाईरस संक्रमितहरुको उपचारका लागी बिरगंज महानगर पालिकाले बिरगंजको गण्डक अस्पताललाई कोभिड -१९ को उपचारका लागी विशेष अस्पताल बनाउने सम्झौता गरि सकेर पनि अहिलेसम्म सन्चालन गर्न केन्द्र सरकारले अनुमती दिन आनाकानी गरिरहेकोले छिटै अनुमति दिई पुनः नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन ध्यानाकर्षण समेत गराएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठ्कुराईले जानकारी गराएका थिए ।नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन विभिन्न राजनैतिक दल , संघ सस्था र चिकित्सकहरुले दबाब सोरुप बिरोध प्रदर्शन गर्दै आईरहेकोमा हाम्रो समर्थन रहेको समेत प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका थिए ।कोरोना भाईरसबाट बच्न साबुन पानीले हात धुऔ । आफुपनि बचौ र अरुहरुलाई पनि बचाऔ ।

8670
Shares

ट्रेन्डिङ