सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फैलिँदै कोरोना भाइरस, बुधबार देशभर थपिए २७९ जना संक्रमित

फैलिँदै कोरोना भाइरस, बुधबार देशभर थपिए २७९ जना संक्रमित

3780
Shares
फैलिँदै कोरोना भाइरस, बुधबार देशभर थपिए २७९ जना संक्रमित

काठमाडौं, जेठ २८ : : नेपालमा कोरोना भाइरस संक्रमित तीव्र गतिमा बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार बुधबार देशभरमा २७९ जना संक्रमित थपिएका छन्। जसमा २५७ जना पुरुष र २२ जना महिला रहेका छन्। संक्रमितको विवरण अनुसार कोरोना भाइरस ७२ वटा जिल्लामा पुगेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो पटक ९० जना निको भएर घर फर्किएका छन्।

निको भएर घर फर्किनेको संख्या पनि बढ्दै ६७४ पुगेको छ। मन्त्रालयका अनुसार बुधबारसम्ममा देशभर संक्रमितको संख्या पनि बढेर ४ हजार ३६४ पुगेको छ। जसमा अधिकांश संक्रमित पुरुष रहेका छन्। पुरुषको संख्या ४०६६ रहँदा महिलाको संख्या केबल ३०९ मात्रै रहेको छ। मन्त्रालयका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा मोरङका ८ जना पुरुष संक्रमित भेटिएका छन्। एकजना झापाकी महिलामा पनि संक्रमण भएको छ।

कोशी अस्पतालमा झापाका ४ जना पुरुष संक्रमित भेटिएका छन्। त्यहीँ उदयपुरका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका ६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला १ रहेकी छन्। भरतपुर अस्पताल प्रयोगशालामा चिवतका दुईजना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखारा नवलपुरका १ पुरुषमा संक्रमण भेटिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको ।छ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका, ७ जना पुरुष, नवलपरसाी ५ जना पुरुष, पाल्पाका १२ जना संक्रमित भेटिएका छन्। जसमा १ महिला र ११ पुरुष रहेका छन्। त्यही ल्याबमा प्युठानका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँकेको प्रयोगशालामा बाँकेका ३ र बर्दियाका १ जनामा संक्रमण देखिएको छ। सुर्खेत प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा दैलेखका २५ जनामा संत्रमण पुष्टि भएको छ। जसमा २ महिला छन्।

त्यसैगरी जाजरकोटाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। सुर्खेतका ९ जनामा पनि संक्रमण देखिएको छ। जसमा तीन महिला र ६ पुरुष छन्। सेती अस्पताल कैलालीमा दार्चुलाका १ जना पुरुषमा संक्रमण देखिएको छ। कैलालीका १२ जनामा पनि संक्रमण देखिएको छ। जसमा एक जना बालिका र ए महिला छिन्। सेती प्रादेशिक अस्पतालमा डडेल्धुराकै एकजनामा पुष्टि भएको छ।

धुलिखेल अस्पतामला सर्लाहीका १० जना पुरुषमा संक्रमण देखिएको छ। कपिलवस्तुका १९ मध्ये १ महिला र १८ पुरुष रहेका छन्। शुक्रराज ट्रपिकल अस्पतालमा टेकुमा धादिङका १६ जनामा संक्रमण देखिएको छ। जसमा ४ जना महिला छन्। जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जनामा संक्रमण देखिएको छ। त्यसैगरी नुवाकोटका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ। रौतहतटका ५३ जनामा पनि संक्रण देखिएको छ। जसमा १ जना महिला छिन्। सर्लाहीका १५ पुरुष, सिन्धुपाल्चोकाका १ पुरुष, सिराहाका १ जना र उदयपुरका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

3780
Shares

ट्रेन्डिङ