सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लकडाउन खुकुलो : के–के सेवा खुल्छन्, के–के बन्द रहन्छन्?

लकडाउन खुकुलो : के–के सेवा खुल्छन्, के–के बन्द रहन्छन्?

5060
Shares
लकडाउन खुकुलो : के–के सेवा खुल्छन्, के–के बन्द रहन्छन्?

काठमाडौँ, २९ जेठ : ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो ।

त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ ।
तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ । यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू खुला हुने छैनन् ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर बिहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

विद्यालय तथा शैक्षिक संस्थाहरू भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सञ्चालन गर्न नपाइने क्रियाकलापहरू यस्ता छन् :

१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरू)

२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू ।

३. तोकिएको बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवत-जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम र सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना ।

८. स्पा, सैलुन र ब्युटीपार्लर

१०. स्विमिङ पुल, जिमखानालगायतका हेल्थ क्लबहरू

११. सपिङ मलहरू

१२. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू

१४. यात्रुवाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोहीसँग सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधनबाहेकका अन्य निजी सवारी साधन।

5060
Shares

ट्रेन्डिङ