सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु

पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु

1230
Shares
पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु

 काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।

ड्युटीमा भएका नर्सले शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।

अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार दुवै बिरामीहरु एउटै वार्डमा भर्ना भएका थिए । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो ।

आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ ।

1230
Shares

ट्रेन्डिङ