सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • महिला सन्चारकर्मी बिमला गुप्ता सम्मानित

महिला सन्चारकर्मी बिमला गुप्ता सम्मानित

5680
Shares
महिला सन्चारकर्मी बिमला गुप्ता सम्मानित
  • सुनिल श्रेष्ठ

बिरगंज , असार ०५ / स्व. बिन्दु देबि पाण्डेको चौथो बार्षिक पुन्य तिथिको अवसरमा आयोजित महिला पत्रकार सम्मान तथा पुरस्कार बितरण समारोह कार्यक्रम सम्पन्न भयो।नेपाल पत्रकार महासघ पर्साको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ पर्साका सस्थापक सदस्य शंकर खतिवडाको प्रमुख आतिथ्य भएको थियो ।

यस बर्षको चौथो विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार प्रतिक दैनिक, रेडियो वीरगंज र नारायणी एफएममा कार्यरत स्थानीय महिला सन्चारकर्मी विमला गुप्ताले पाउनु भएको हो । प्रमुख अतिथि शंकर खतिवडा , बिशिस्ट अतिथि नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान र उपाध्यक्ष केसि लामिछानेले सम्मानित हुनु भएको महिला सन्चारकर्मी बिमला गुप्तालाई १२ हजारको चेक सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गर्नु भएको थियो। तेस्रो बर्षको बिन्दु पाण्डे पुरस्कार यस अघि बिबिसीका पर्सा सम्बादाता माधुरी महतोलाई प्रदान गरिएको थियो ।

सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , महिला सन्चारकर्मी बिबिसी पर्साका सम्बादाता माधुरी महतो , मध्य नेपाल दैनिकका कबिता खड्का लगायतकाको सहभागिता रहेको थियो ।

5680
Shares

ट्रेन्डिङ