काभ्रे । पनौती नगरपालिकामा भित्रने सबैले पिसिआर परिक्षण गरेको रिपार्ट देखाएर मात्र प्रबश गर्न पाउने भएका छन् । तत्काल सभा, सम्मेल, गोष्टि पनि सञ्चालन गर्न नपाईने नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सार्वजनिक यातायातका साधन समेत निर्धारित मापदण्डमा सञ्चाल गर्न,बजार सिमित अवधिको लागि मात्र खोल्न,सेवा दिदाँ वा लिदा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्य सेवा वाहेक अरु सेवा प्रवाह नहुने पनि बताईएको छ ।