सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

525
Shares
आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डाै | आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुनेछ ।

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो । नेपाल र नेदरल्यान्ड्सले यसअघि तीन पटक एकदिवसीय खेल खेलेका छन् । जसमा नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेको छ ।

नेपालको घरेलु मैदानमा खेल्ने नेदरल्यान्ड्स विश्व कप खेलेको अनुभव रहेको उच्च स्तरको टोली पनि हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

525
Shares

ट्रेन्डिङ