सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित

काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित

10075
Shares
काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित

धुलिखेल, ११ भदौः काभ्रेमा आज ४ जना कोरोना संक्रमित भएका छन् । थपिएका संक्रमितमा बनेपाका ५३ पुरुष, तेमाल गाउँपालिकाकी ३७ की एक महिला, पनौती नगरपालिकाका ३४ बर्षीय एक महिला र धुलिखेल नगरपालिकाकी ३ बर्षीय बालिका रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १९० पुगेको छ । ६९ जना निको भएर घर फर्किएका छन् । १ सय १९ जना विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

10075
Shares

ट्रेन्डिङ