सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बलिउडका फिल्म निर्माताको अ’प’रा’ध यात्राः फिल्म डुबेपछि नेपाल छिरेर न’क्क’ली सुन त’स्क’री

बलिउडका फिल्म निर्माताको अ’प’रा’ध यात्राः फिल्म डुबेपछि नेपाल छिरेर न’क्क’ली सुन त’स्क’री

5160
Shares
बलिउडका फिल्म निर्माताको अ’प’रा’ध यात्राः फिल्म डुबेपछि नेपाल छिरेर न’क्क’ली सुन त’स्क’री

काठमाडौं । भारतीय फिल्मी उद्योग बलिउडमा निर्माताका रूपमा छवि बनाएका निलेस सखियाले ‘पेनाल्टी’नामक फिल्म बनाएका थिए । भारतीय बक्स अफिसका अनुसार फिल्म १९ जुलाई ०१९ मा रिलिज भएको थियो ।

फिल्मले केही लाख भारतीय रुपैयाँ मात्रै ‘ग्रस कलेक्सन’ गरेको थियो । नतिजा– फिल्ममा दुई करोड भारतीय रुपैयाँ सखियाले डुबाए । सखियाले ‘पेनाल्टी’मा क्षेत्रीयताका कारण एउटा युवाले फुटबल टिममा प्रवेश नपाएको कथा उठाएका थिए ।

तर, फिल्मको लगानी डुबेपछि सखियासँग विकल्प साँघुरिए । लगानी चाँडो उठाउने विकल्पका रूपमा उनले सुनचाँदी त’स्क’रीको योजना बनाए ।
‘लाइट, क्यामरा, एक्सन’को उज्यालो दुनियाँबाट उनी गुप्त अपराधमा अँध्यारो दुनियाँमा प्रवेश गरे । सुनचाँ’दी तस्क’र गर्न नेपाल छिरे ।

नवलपरासीबाट प’क्रा’उ परेका उनी बलिउडका फिल्म निर्माता रहेको अनुसन्धानमा भेटियो । प्र’ह’रीले उनलाई सुन्धाराबाट बरामद न’क्क’ली सुन प्रकरणमा प’क्राउ गरेको थियो । प्रहरीसँगको बयानमा उनी आफैँले फिल्म डुबेपछि सुनचाँदी त’स्क’रीका लागि नेपाल छिरेको बताएका छन् ।

फिल्ममा दुई करोड भारतीय रुपैयाँ डुबाएको सखियाले प्र’ह’रीसँगको बयानमा बताएका छन् । अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘यसले सिनेमामा दुई करोड रुपैयाँ भारु डुबाएको बयान दिएको छ । यही लगानी उठाउन नेपाल आएको देखिन्छ ।’

प्र’हरीका अनुसार सुन्धाराबाट बरामद न’क्कली सुनको मुख्य हिस्सेदार सखिया नै हुन् । बरामद सुन आफ्नो रहेको सखियाले स्वीकार गरेका छन् ।
‘बरामद नक्कली सुनको मुख्य हिस्सेदार सखिया रहेको खुलेको छ । सुन्धाराबाट बरामद नक्कली सुनमा सोही लगानी उठाउने उद्देश्यले लगानी भएको देखिन्छ,’ एसएसपी थापाले भने ।

प्र’हरीले सखियासँगै विजय पटेल र दिवाङ पटेललाई पनि प’क्राउ गरेको थियो । सखिया र सञ्जय पटेल बारा हुँदै नेपाल प्रवेश गरेका थिए ।
यसका लागि सघाउने काम भने बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले गरेका थिए । अन्सारीकै गाडीमा उनीहरू नेपाल आएका थिए ।

प्र’हरीका अनुसार तस्करीकै क्रममा सञ्जय पटेलको अन्सारीसँग चिनजान थियो । सखियालाई अन्सारीसँग भेटाउने काम सञ्जयले गरेका थिए ।
सुन्धारामा बरामद नक्कली सुन तस्कर गरी मालामाल हुने योजना सोही क्रममा बनेको थियो । त’स्क’री गर्न नेपालतर्फको सम्पूर्ण सेटिङ मिलाउन अन्सारीले प्रतिबद्धता जनाएपछि नक्कली सुनमा लगानी गर्न सखिया राजी भएका थिए । नयाँपत्रिका दैनिकबाट

5160
Shares

ट्रेन्डिङ