सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लु गाउँपालिकामा ठोसेको भ्र’ष्टचारको आ’गोः निभ्लाकी, सल्केला ?

काभ्रेको भुम्लु गाउँपालिकामा ठोसेको भ्र’ष्टचारको आ’गोः निभ्लाकी, सल्केला ?

5950
Shares
काभ्रेको भुम्लु गाउँपालिकामा ठोसेको भ्र’ष्टचारको आ’गोः निभ्लाकी, सल्केला ?

काभ्रे, २६ भदौँः काभ्रेको भुम्लु गाउँपालिकामा अहिले भ्र’ष्ट’चारको विषयले नराम्ररी प्रभाव पारिरहेको छ । साउनको तेस्रो साता तिर उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले धुलिखेलको एक होटलमा पत्रकारहरुलाई बोलाएर गाउँपालिकाको काम गर्ने तवरतरिकाबारे तीब्र असन्तुष्टि जनाउनुभएको थियो ।

https://www.youtube.com/watch?v=1xolUQLDyjA&feature=emb_title

उपाध्यक्ष श्रेष्ठको भनाई सार्वजनिक भए लगत्तै भुम्लु काँग्रेसले समेत विज्ञप्ति जारी गर्दै उचित छानविनको माग गर्यो । उपाध्यक्ष श्रेष्ठले त्यो बेला केहि प्राविधिक र पालिका अध्यक्ष गुमानध्वज कुवँरको शैलीप्रति निदा गर्नुभएको थियो । सामाजिक सञ्जालहरु प्रयोग गर्ने भुम्लु गाउँपालिकाका स्थानीयहरुले पनि उचित छानविन गर्न माग गरिरहेका थिए ।

धुलिखेलको पत्रकार भेटघाटमा उपाध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षका लागि ल्याइएको नीति, कार्यक्रम तथा बजेट समेत नीतिगत ढंगले नआएको बताउनुभएको थियो । उहाँले केहि कर्मचारीको उक्साहटमा अध्यक्षले विधि र विधान मिचेको औल्याउनुभएको थियो ।

नीतिगत र ब्यवस्थित ढंगले काम गर्न समेत पालिका अध्यक्ष गुमानध्वज कुँवर चुकेको उपाध्यक्ष श्रेष्ठले दाबी गर्नुभएको थियो । उपाध्यक्ष श्रेष्ठले पालिका अध्यक्षलाई बाहिरी केहि मानिसहरुले परिचालन गरेको समेत आरोप लगाउनुभएको थियो । पालिकाभित्र भ्र’ष्टचारमा करारमा खटिएका प्राविधिकहरु लागिपरेको बताउनुभएको थियो ।

भ्र’ष्टाचारको चौतर्फी छानविन गर्न माग भएपछि दुईदिन अघि उपाध्यक्ष श्रेष्ठकै संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिको सदस्यमा वडा नम्बर ७ का वडाध्यक्ष रमेशराज खरेल र वडा नम्बर ८ का वडाध्यक्ष मोतिलाल तामाङ छन् । कतिपयले भ्र’ष्टचार आरोप लगाउने उपाध्यक्ष श्रेष्ठ आफै छानविन समिति बस्न नहुने तर्फ समेत गरिरहेका छन् । यो समितिले असोज महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि पाएको छ ।

कुन कुन क्षेत्रमा कसरी भ्र’ष्टचार भइरहेको छ भन्ने कुरा संवाददाताहरुलाई खुलाउन नचाहानु भएका उपाध्यक्ष श्रेष्ठले केहि कर्मचारी र अध्यक्षको कार्यशैली प्रति कटाक्ष गर्नुभएको थियो । उपाध्यक्षले लगाएको आरोप उपभोग समिति र वडाध्यक्षहरु प्रति पनि सोझिदैँ गयो भने भ्र’ष्टचारको आगो सल्कि रहन सक्छ । तर केहि प्राविधिक कर्मचारी मात्रै संलग्न हुन भने आ’गो छिट्टै निभ्ला । ढिलै भएपनि भ्र’ष्टचारको कुरा उठेपछि आम जनतालाई सत्य तथ्य सार्वजनिक गर्न समिति गठन गर्नुलाई एक हदसम्म सकारात्मक रुपमै लिनु पर्छ ।

5950
Shares

ट्रेन्डिङ