सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विद्यालय सञ्चालन गर्न पनौती नगरपालिकाको आफ्नै मापदण्ड तयार

विद्यालय सञ्चालन गर्न पनौती नगरपालिकाको आफ्नै मापदण्ड तयार

4660
Shares
विद्यालय सञ्चालन गर्न पनौती नगरपालिकाको आफ्नै मापदण्ड तयार

काभ्रे : काभ्रेको पनौती नगरपालिकाले विद्यालय सञ्चालन गर्नको लागि मापदण्ड तयार पारेको छ । नेपाल सरकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरेसंगै नगरपालिकाले विद्यालय सञ्चालन गर्नको लागि मापदण्ड तोकेको हो ।

विद्यालय सञ्चालन गर्नको लागि नगरपालिकाले २४ वटा मापदण्ड तोकेको बरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालयमास्वास्थ्य सुरक्षाका मापदण्ड नियमित रुपमा पालना गरिएको हुनुपर्ने छ ।

सम्भव भए सम्म विद्यालयले निर्सिङ स्टेशनको व्यवस्थन गर्नुपर्ने छ । यस्तै विद्यार्थीले घरमै बनाईएको खानेकुरा खानुपर्ने छ ।तोकिएका सबै मादिण्ड पुरा गरी असोज १५ गते बाट विद्यार्थी सिकाई सहजीकरण गर्न नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आग्रह गरिएकोे बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

 

4660
Shares

ट्रेन्डिङ