सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा

धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा

6060
Shares
धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा

धुलिखेल नगरपालिका वडा नम्बर २ रविका स्वर्गीय वडा अध्यक्ष राजन कोइरालाको नाममा स्मृति पार्क  निमार्ण गरिएको छ । पार्कमा उहाँको शालिक समेत निमार्ण गरिएको छ । आज एक कार्यक्रम आयेजना गरी नगर प्रमुख अशोक कुमार ब्यञ्जु श्रेष्ठले कोइरालाको शालिक अनावरण तथा कोइराला स्मृति पार्कको समुद्घाटन गर्नु भएको हो ।

हरेक वडामा पार्क बनाउने नगरपालिकाको योजना अनुसार कोइरालाको शालिक सहितको स्मृति पार्कको निमार्ण गरिएको वडा अध्यक्ष देव प्रसाद कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार २५ लाख ४० हजारको लागतमा शालिक सहित पार्कको निमार्ण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा शोक काब्य बिमोचन, स्मृति प्रतिस्ठान कमिटि घोषणा तथा बृद्धबृद्धाहरुलाई सम्मान समेत गरिएको थियो ।

स्वर्गीय वडा अध्यक्ष कोइराला माथी २०७४ साल भादै ५ गते अज्ञात समुहले आ’क्रमण गरेका थिए । आ’क्रमण पछि घा’ईते हुनुभएका अध्यक्ष कोइरालाको उपचारको क्रममा भदौ ९ गते निध’न भएको थियो । आ’क्र’मणकारी लाई अझै प’क्राउ गरि कारवाही नगरेको परिवारले गुनासो गरेका छन् ।

6060
Shares

ट्रेन्डिङ