सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

4640
Shares
यतीको ‘माउन्टेन फ्लाइट’, एउटा टिकट किन्दा अर्काे सित्तैमा

काठमाडौं, मंसिर २० : यती एअरलाइन्सले शनिबारदेखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । कम्पनीले एउटा टिकट किन्दा अर्काे सित्तैमा दिने योजनासहित माउन्टेन फ्लाइट सुरु गरेको जनाएको छ । एअरलाइन्सले सगरमाथाको उचाइ बराबरको मूल्य आठ हजार ८४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज ल्याएको छ ।

एअरलाइन्सले प्रत्येक साताको शनिबार दुईओटा पर्वतीय उडान गर्ने योजनाअनुसार बिहान उडान गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । एअरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ ।

यस्तै, एकजना व्यक्तिमात्रै यात्रा गर्ने हो भने सात हजार ८४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो ।
कोभिड–१९ को समयमा स्वास्थ्य मापदन्डलाई कडाइका साथ पालना गरी उडान गरिएको बार्तौलाले जानकारी दिनुभयो ।

पर्वतीय उडानमा सहभागी भएका यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुसी लागेको बताए ।शनिबारको पर्वतीय उडानमा जानुभएका ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

कोभिडको कारण थलापरेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एअरलाइन्सले बताएको छ ।

4640
Shares

ट्रेन्डिङ