सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको चौरीदेउराली ८ मा भैसीं सुत्केरी भक्ता वितरण

काभ्रेको चौरीदेउराली ८ मा भैसीं सुत्केरी भक्ता वितरण

5720
Shares
काभ्रेको चौरीदेउराली ८ मा भैसीं सुत्केरी भक्ता वितरण

काभ्रे : चौरीदेउराली गाउँपालिका वडा नं ८ मा भैसीं सुत्केरी भक्ता वितरण गरिएको छ । ‘किसानसँग गाउँपालिका’ कार्यक्रम अन्र्तगत ३४ जना किसानहरूलाई प्रोत्साहन स्वरूप भैंसी सुत्केरी भत्ता वितरण गरिएको वडा अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रति किसान १५ सयका दरले रकम वितरण गरिएको छ । वडाले भैंसी पालकलाई घुम्ती कोष मार्फत ६ देखी ८ महिनासम्म र्निव्याजी प्रति किसान ३५ हजारदेखि ५५ हजार सम्म आर्थिक सहयोग गर्दै आएको थियो ।

यो कार्यक्रम बिगतका केहि बर्षदेखि नै सञ्चालनमा रहेको वडा अध्यक्ष लामाले बताउनुभयो । यो यसलाई अझै व्यवस्थित र बृहत बनाउन थप बजेट समेत बिनियोजन गरिएको छ ।

5720
Shares

ट्रेन्डिङ