सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ओली पक्षका युवाद्वारा बनेपामा रहेको पार्टी कार्यालय कब्जा

ओली पक्षका युवाद्वारा बनेपामा रहेको पार्टी कार्यालय कब्जा

4135
Shares
ओली पक्षका युवाद्वारा बनेपामा रहेको पार्टी कार्यालय कब्जा

काभ्रे : काभ्रेमा प्रधानमन्त्री केपी शर्मा ओली निकटका युवाहरुले पार्टी कार्यालय कब्जा गरेका छन् । पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला युवाहरुले बनेपामा रहेको पार्टी कार्यालय कब्जा गरेका हुन् ।

पार्टी कार्यालय कब्जा गर्न नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, विपिन लामा, जेनिस लामा लगायतका युवा नेता पार्टी कार्यालय पुगेका थिए ।

उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र शर्मा लगायतका युवाहरु समेत पुगेका थिए । काभ्रे नेकपामा अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा मानिन्छन् ।

4135
Shares

ट्रेन्डिङ