सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा भयानक दुर्घटना, एक जना गम्भीर घाइते

काभ्रेमा भयानक दुर्घटना, एक जना गम्भीर घाइते

1955
Shares
काभ्रेमा भयानक दुर्घटना, एक जना गम्भीर घाइते

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत बनेपाको टेलिकम चोक नजिकै आज साँझ हाईलक्सले मोटरसाईकललाई ठक्कर दिएको छ ।

हाईलक्सको ठक्करबाट मोटरसाकल चालक महोत्तरी जिल्लाको जनकपुर पिपरा घर भएका २० बर्षीय राहुल खतबे घाइते भएका छन् । राहुलको बायाँ तिग्रा र टाउकोमा चोट लागेको छ । उनको शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

हाईलक्सले सडक क्रस गर्न लागेको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । हाईलक्स चालक काठमाण्डौका ५० बर्षीय पारसमणि भट्टाराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

1955
Shares

ट्रेन्डिङ