सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जापानको भूकम्पमा १३ जनाको मृत्यु

जापानको भूकम्पमा १३ जनाको मृत्यु

465
Shares
जापानको भूकम्पमा १३ जनाको मृत्यु

काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन् । इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन् । यो पर्यटकीय शहर पनि हो ।यसैगरी इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ । त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ ।

465
Shares

ट्रेन्डिङ