सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पूर्वमन्त्री बास्कोटाले युवालाई भने ‘आ–आफ्नो ठाउँ कब्जा गर्नुस्’

पूर्वमन्त्री बास्कोटाले युवालाई भने ‘आ–आफ्नो ठाउँ कब्जा गर्नुस्’

4690
Shares
पूर्वमन्त्री बास्कोटाले युवालाई भने ‘आ–आफ्नो ठाउँ कब्जा गर्नुस्’

काभ्रे : पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मुलुक निर्वाचनमा होमिएको भन्दै आ–आफ्नो ठाउँ क’ब्जाका लागि लाग्न युवाहरुलाई निर्देशन दिएका छन् । विचार र सिद्धान्त मार्फत आ-आफ्नो ठाउँ क’ब्जा गर्न उनले युवाहरुलाई निर्देशन दिएका हुन् ।

शनिबार धुलिखेलमा राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै बाँस्कोटाले भने ‘कुनै बल ब’जस्ती होइन, बिचार र सिद्धान्त मार्फत आम मतदातालाई आफ्नो पक्षमा पार्नुस्, सकेसम्ममा सबैलाई मिलाउनुस्, मिल्न सकिदैन भन्नेलाई करकापमा नपार्नुस्, हरेक ठाउँ आफ्नो पक्षमा पार्ने रणनीति अनुसार तपाईहरु चुनावको तयारी गर्नुस् ।’

मन्त्री बास्कोटाले सूर्य चिन्ह केपी ओलीले नेतृत्व गर्ने नेकपाले नै पाउने दाबी समेत गरे । ‘चुनाव नै गर्नु हुदैन् पनि भन्ने, सूर्य चिन्हपनि माग्ने, यो विरोधाभाष पुर्ण कुरा हो, सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेरै नेकपाले पाउँछ, ढुक्क हुनुहोस्, बजार हल्लाको पक्ष नलाग्नोस्, हरेक मतदाताको घरमा पुग्नोस्, यथार्थ कुरा बुझाउँनुस्, सम्झाउनुस्, यो तीन वर्षको अवधिमा पनि थुप्रै विकास निर्माण सकिएका छन्, सम्पन्न हुने चरणमा छन्, कतिपय थालनि भएका छन् ।’

बास्कोटाले आफुहरु कुनै विदेशीको पक्ष र विपक्षमा नरहेको दाबी समेत गरे । ‘हामी न प्रो इन्डियन, न प्रो चाइचिन, हामी केबल प्रो नेपाली हौँ, बास्टोकाले भने ‘हामी दुबै मुलुकको हस्तक्षेप चाहादैँन्, ओलीले त्यहि अडान राखेका हुन्, हरेक मुलुकको आ आफ्नै इच्छा हुन्छन्, त्यो इच्छा अनुसार काम नगर्ने ओलीको अडान नै राष्ट्रहितमा छ ।’

 

देशभर ओलीको पक्षमा जनलर रहेको भन्दै बास्कोटाले भने देश निर्माणका लागि ओलीको खाँचो छ । ओलीले नेतृत्व गरेको पार्टीलाई अब बहुमत ल्याउन आवश्यक छ । ‘केपी ओली सरकारकै कारण अहिले हरेक क्षेत्रमा मुहार फेरिएको छ, उनले भने ‘घरभित्र बसेर सरकारले केहि गरेर भन्ने र सामाजिक सञ्जारमा कोलाहल मच्याउनेहरु गाउँ ढुलेर हेर्नु कति विकास भएको छ भन्ने कुरा अझै महशुस गर्नुस् ।’

4690
Shares

ट्रेन्डिङ