सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या घट्दो, आज ३ जनामा संक्रमण

काभ्रेमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या घट्दो, आज ३ जनामा संक्रमण

3570
Shares
काभ्रेमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या घट्दो, आज ३ जनामा संक्रमण

काभ्रे : काभ्रेमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या घट्दो क्रममा रहेको पाईएको छ । हिजो जिल्लामा ४ जना संक्रमित थपिएकोमा आज ३ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बनेपाका १ महिला ,१ पुरुष र धुलिखेलका १ पुरुषमा संक्रमण देखीएको हो । यो संगै जिल्लामा ३ हजार २ सय ७० जनामा भाईरसको संक्रमण भईसकेको छ । ति मध्ये उपचार पछि ३ हजार १ सय १४ जना निको भईसकेका छन् ।

अझै जिल्लामा ५१ महिला र ६१ जना पुरुष गरि १ सय १२ जना सक्रीय संक्रमित छन् । संक्रमित मध्ये ३ महिला र ४ पुरुष गरि ८ जना अस्पताल आईसोलेसनमा छन् भने ४८ महिला र ५६ पुरुष गरि १ सय ४ जना होम आईसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । भाईरसको संक्रमणका कारण हाल सम्म जिल्लाका ४४ जनाको ज्या’न गईसकेको छ ।

 

3570
Shares

ट्रेन्डिङ