सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • स्थानीय निर्वाचन सफल पार्न सांसद गुरुङको आग्रह

स्थानीय निर्वाचन सफल पार्न सांसद गुरुङको आग्रह

3210
Shares
स्थानीय निर्वाचन सफल पार्न  सांसद गुरुङको आग्रह

नेपालको इतिहासमा पहिलोपटक स्थानीय सरकार सञ्चालन गर्ने गरी सम्पन्न गर्न लागिएको निर्वाचनमा भाग लिएर सफल पार्न सांसद एवम् पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सम्पूर्ण मनाङवासीलाई आग्रह गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधिमूलक निकाय गठन गरेर स्थानीय सरकार सञ्चालन गर्नका लागि हुन लागेको वैशाख ३१ गतेको निर्वाचनको विषयमा जनचेतना जगाउने उद्देश्यले जिल्ला भ्रमणमा रहेका सांसद गुरुङले जिल्लावासीसँग यस्तो आग्रह गरेका हुन् ।
वैशाख ३१ गते सम्पन्न निर्वाचनपछि बन्ने स्थानीय सरकारको विषयमा प्रष्ट पार्न मनाङका सबै गाउँमा स्थानीय बासिन्दाको भेला बोलाएर सांसद गुरुङले जनचेतना जागरण थालेको उहाँका स्वकीय सचिव चन्द्र घलेले बताउनुभयो ।
मनाङका सबै गाउँपालिका निर्धारण भएर यसलाई व्यावहारिक बनाउन स्थानीय बासिन्दाले चासो देखाइरहेका बेला जिल्ला भ्रमणमा आउनुभएका सांसद गुरुङले निर्वाचन हुने विषयमा शङ्का नगर्न र मनाङमा निर्वाचन सफल पार्नसमेत जिल्लावासीलाई आग्रह गर्दै आउनुभएको छ । उहाँले जिल्लाका सबै गाउँपालिकामा दलहरुले उठाउने उम्मेदवारको चरित्र, क्षमता र विगतका व्यवहारको मूल्याङ्कन गरेरमात्रै आफ्नो अमूल्य मतको प्रयोग गर्न जिल्लाका मतदातालाई सुझाव दिनुभयो ।
जिल्लावासीलाई स्थानीय सरकारको कार्यावधि र संविधानमा नागरिकको हकअधिकारका साथै स्थानीय तहको चुनावपछि जनताले प्राप्त गर्ने शासकीय प्रणालीकोे विषयमा सांसद गुरुङले मनाङका साविकका गाविसमा गएर प्रस्ट पार्नुभएको छ । सांसद गुरुङले मनाङ्गको स्थानीय भाषामा बोलेर वृद्धवृद्धाका साथै उमेर पुगेका नागरिकलाई गलत नेता नछान्न सुझाव दिइरहनुभएको छ । रासस

3210
Shares

ट्रेन्डिङ