सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हनुमान माविलाई पूर्व विद्यार्थीहरुले दिए खेलकुदका सामग्री

हनुमान माविलाई पूर्व विद्यार्थीहरुले दिए खेलकुदका सामग्री

6405
Shares
हनुमान माविलाई पूर्व विद्यार्थीहरुले दिए खेलकुदका सामग्री

काभ्रे : धुलिखेल नगरपालिकाका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान माध्यायिक विद्यालयलाई पूर्व विद्यार्थीहरुले खेलकुदका सामग्री हस्तान्तरण गरेका छन् । २०६६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले खेलकुदका सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

पूर्व विद्यार्थीहरुले पाँच सेट चेस बोर्ड, पाँच सेट लुडो,  चान थान भलिबल, तीन सेट ब्याडमिन्टन, दश थान डोरी, एक थान बलमा हावा भर्ने पम्प र ५ वटा सिठ्ठी दिएका छन् । पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयका प्रधानाध्यापक देवी प्रसाद ढुंगाना र विद्यालय ब्यवस्थापनका समितिका अध्यक्ष बाबुराम धिताललाई खेलकुदका सामग्री हस्तान्तरण गरेका हुन् ।

२०६६ सालमा एसएलसी परीक्षामा ५१ जना विद्यार्थी सहभागि भएका थिए । उक्त परीक्षामा सहभागि भएका विद्यार्थीहरुको तर्फबाट साधुराम धिताल र युवराज धिताल खेलकुदका सामग्री लिएर विद्यालय पुगेका थिए ।

6405
Shares

ट्रेन्डिङ