सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पत्रकार महासंघ काभ्रेलाई कम्प्युटर सहितका सामाग्री

पत्रकार महासंघ काभ्रेलाई कम्प्युटर सहितका सामाग्री

5530
Shares
पत्रकार महासंघ काभ्रेलाई कम्प्युटर सहितका सामाग्री

काभ्रे, माघ १८ :नेपाल पत्रकार महासंघलाई प्रविधिमैत्री र सुविधा सम्पन्न बनाउने उदेश्यले महासंघको कार्यालयमा कम्प्युटर, प्रोजेक्टर, सिसिक्यामेरा जडान तथा प्रिन्टर, स्क्यानर र फोटोकपी समेत गर्न सकिने गरी सामाग्रीहरुको ब्यवस्थापन गरेको छ । आईतबार महासंघ कार्यालयमा उक्त सामाग्रीको शुभारम्भ गरिएको छ ।

गुड विल कम्युनिटी फाउण्डेशनको सहयोगमा रोटरी क्लव अफ धुलिखेलको समन्वय, कम्युनिटी सर्भिस सेन्टरको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई पहिलो चरणमा पाँच सेट कम्प्युटर, एक सेट फोटोकपी, स्क्यानर सहित सुविधा भएको प्रिन्टर, एक थान प्रोजेक्टर उपलब्ध भएको छ ।

गुड विल कम्युनिटी फाउण्डेशनका नेपाल–भुटान प्रतिनिधि अशोक श्रेष्ठ, रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिल ब्याञ्जु र कम्युनिटी सर्भिस सेन्टरका म्यानेजर अनुष श्रेष्ठले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई उक्त सामाग्री महासंघ कार्यालयमा हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण लगत्तै उक्त सामाग्रिहरु प्रयोग गरी अध्यक्ष तिमल्सिनाले पत्रकारहरुका लागि संस्थागत सहयोग उपलब्ध गराउनु भएकोमा सहयोगि र समन्वय गर्ने संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

‘नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई प्रविधिमैत्री र पुर्वाधारका हिसावले सुविधा सम्पन्न बनाउने योजना अनुसार पत्रकारहरु सबैले उपयोग गर्न सक्ने गरी महासंघको हलमा कम्प्युटरहरुको ब्यवस्थापन गरेका हौं’–अध्यक्ष तिमल्सिनाले भन्नुभयो–‘अब महासंघलाई ईलाईब्रेरी सहितको सूचना प्रविधि मैत्री कार्यालयका रुपमा विकास गर्नेछौं ।’ उपलब्ध सामाग्रीहरुको समुचित प्रयोग र ब्यवस्थापन गर्ने अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।

गुडविल फाउण्डेशनका नेपाल भुटान प्रतिनिधि अशोक श्रेष्ठले विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोग गर्ने क्रममा नेपाल पत्रकार महासंघलाई कम्प्युटर सहितका सामाग्री उपलब्ध गराएको बताउनु भयो । संस्थाहरुले सामाजिक संघ संस्थासँग समन्वय गर्ने योजना मुताविक नै उक्त सहयोग गरिएको श्रेष्ठले बताउनु भयो । महासंघसँगै विद्यालय, कारागार तथा अन्य स्थानमा पनि सहयोग गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिल ब्याञ्जुले रोटरी क्लवले सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यहरु गर्ने भएकाले सुचना प्रवाह गरी नागरिकहरुको आवाज बुलन्द गर्ने पत्रकार महासंघ र संचारकर्मीहरुको सुविधाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । कम्युनिटी सर्भिस सेन्टरका म्यानेजर अनुष श्रेष्ठले हस्तान्तरण गरिएका सामाग्रीमा प्राविधिक समस्या भए निशुल्क सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

गत वर्षको असोज १२ गते एक तल्ला भवनको उद्घाटन गरेको नेपाल पत्रकार महासंघ काभ्रे शाखाले कार्यालयको अवधीमा दुई पटक साधारण सभा सम्पन्न गरिसकेको छ । सदस्यहरुको हितका लागि कोराना विमा, पत्रकार कल्याण कोष, दुर्घटना विमा, क्षमता अभिबृद्धी तालिम तथा सरोकारवालासँग पटक पटक अन्र्तक्रिया समेत गर्दै आएको महासंघले पुर्वाधार विकासमा पनि विशेष जोड दिएको छ ।

पक्कि सडक निर्माणको स्टमेट तयार गरी नाली निर्माणको कार्य सम्पन्न गरिसकेको छ भने कम्पाउण्ड वाल, पार्किङ्ग, पार्क, खानेपानी तथा निशुल्क इन्टरनेट, स्वास्थ्य सेवा उपलब्ध गराएको अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।

5530
Shares

ट्रेन्डिङ