काभ्रे : धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा इन्डक्सन चुलो बितरण गरिएको छ । खाना पकाउने ग्यासको विकल्पका रुपमा रहेको इन्डक्सन चुलो २० वटा वडामा बितरण गरिएको हो । पात्लाखेत होम स्टेको १७ घर, सास्कृतिक समूहलाई ३ वटा १ विद्यालय सहित २० वटा चुलो बितरण गरिएको छ ।
ग्यासभन्दा सस्तो हुने उक्त चुलो विद्युत् भएका बेला जतिबेला पनि खाना पकाउन सकिन्छ । चुलोमा आवश्यकता अनुसार विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन मिल्ने भएकाले इन्डक्सन चुलोप्रति आकर्षण बढेको छ ।