सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको रोशी र भुम्लु गाउँपालिका पनि शिल

काभ्रेको रोशी र भुम्लु गाउँपालिका पनि शिल

9830
Shares
काभ्रेको रोशी र भुम्लु गाउँपालिका पनि शिल

काभ्रे : काभ्रेको दुई गाउँपालिका पनि शिल गरिने भएको छ । जिल्लाको भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाले आफ्नो क्षेत्र शिल गर्ने निर्णय गरेका हुन् । रोशी गाउँपालिकाले आजै राति १२ बजेदेखि लागुहुने गरी शिल गर्ने निर्णय गरेको छ । पालिकाका प्रमुख डिबी लामाले अस्पताल, औषधी पसल बाहेक फलफूल , तरकारी र खाद्यान्न पसल गाउँपालिकाले तोकेको समयमा मात्रै खोल्न पाउने गरी शिल गरिएको जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिकाले भोली ९ गतेदेखि १५ गतेसम्म शिल गर्ने निर्णय गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराज अर्यालले जारी गरेको सूचनामा गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

पालिकाले आगामी हप्ताको आईतबार, मंगलवार र बिहीबार मात्रै खोल्न निर्देशन जारी गरेको छ । बैशाख २३ गतेदेखि पालिकामा सुरू गरिको कोरोना भाईरसका शंकास्पद ब्यक्तिको स्वाब परीक्षणका क्रममा हालसम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेका पालिको क्षेत्र शिल गरिएको जनाईएको छ ।

9830
Shares

ट्रेन्डिङ