सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चौंरीदेउरालीका अध्यक्ष गौतमको दैनिकीः ‘होम आइसोलेसन’मा

चौंरीदेउरालीका अध्यक्ष गौतमको दैनिकीः ‘होम आइसोलेसन’मा

6245
Shares
चौंरीदेउरालीका अध्यक्ष गौतमको दैनिकीः ‘होम आइसोलेसन’मा

काभ्रे : काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमको दैनिकी हिजो भन्दा आज फेरिएको छ । कोभिड–१९ संक्रमण दर आफ्नो गाउँपालिकामा पनि व्हात्तै बढेपछि कोरोना भाइरस संक्रमित विरामीको अवस्था बुझ्ने र आवश्यक कदम चाल्ने दैनिकी बनेको छ अध्यक्ष गौतमको ।

आस्पताल आइसोलेसन र होम आइसोलेसनमा रहेका विरामीको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य सामग्री जुटाउने कार्यमा पूरै दिन गौतम लागरिहेका छन् । गाउँपालिकाले सक्ने आवश्यक सामग्री आफै जुटाइरहेका छन् भने सहयोग गर्ने दाताहरुसम्म पनि गुहार्ने गर्छन गौतम ।

हाल गाउँपालिकाको वडा नं. ७, ६, ३, २, १, ४ मा कोरोना संक्रमण फैलिएको छ । सबैभन्दा बढी वडा नं. ७ मा संक्रमित थपिएको छ । कोरोना संक्रमण बढेपछि आफू सबै वडामा पुग्ने प्रयत्न गरिरहेको अध्यक्ष गौतमले बताए । ‘आजभोलि स्वास्थ्यकर्मी र म आफै विरामीको अवस्था बुझ्न सबै वडामा पुग्ने प्रयत्न गरिरहेको छु । नपुगेको अवस्थामा स्वास्थ्यकर्मी वा विरामीलाई फोन गरेर भएपनि अवस्था बुझ्ने गरेको छु ।’ उनले भने, ‘आजभोलि अरु काम गर्न मलाई फुर्साद नै छैन । जनताको स्वास्थ्य प्रति जति गम्भिर हुनुपर्ने हो, हुने प्रयत्नमा छु । कुनै जनताले समस्याको महासुस नगरोस भन्नेमा छु म ।’

यसैबीच चौंरीदेउराली गाउँपालिकामा रामेछापा जिल्लाको दुईवटा गाउँपालिकाले समेत आफ्नो पालिकाको विरामीको उपचार गर्न ल्याउने गरेको छ । दोरोम्बा र सुनापति गाउँपालिकाका संक्रमित उपचारको लागि यहाँ ल्याउने गरेको अध्यक्ष गौतमले जानकारी दिए । गौतमका अनुसार चौंरीदेउराली गाउँपालिकाको अस्पतालमा आजसम्म ४ जना विरामी ल्याएकोमा २ जनाले कोरोनालाई जितेका छन् भने २ जना उपचारको क्रममा छन् ।

होम आइसोलेसनमा अध्यक्ष गौतम
यसैबीच गाउँपालिका अध्यक्ष गौतम स्वास्थ्यकर्मी र औषधि बोकेर वडा नं. ७ मादनकुँडारी र वडा नं. ६ कात्तिकेदेउरालीका होम आइसोलेसनमा रहेका विरामी भेट्न पुगेका छन् । गौतमका अनुसार दुवै वडामा गरेर २८ जना संक्रमित विरामीहरु होम आइसोलेसनमा बसेका छन् ।

विरामीहरुले सबै प्रकारको स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरेको पाइएकोले विरामीहरु सामान्य अवस्थामा रहेको अध्यक्ष गौतमले जानकारी दिए । ‘उहाँहरुले स्वास्थ्य मापदण्डको अनुसासन पूर्ण रुपमा पालना गरेकोले कोरोनालाई चाँडै जित्दै हुनुहुन्छ । उहाँहरु अहिलेसम्म सामान्य अवस्थामा भेटें ।’ विरामीहरुलाई भेटेपछि गौतमले भने, ‘सबैको स्वास्थ्य सुधारोन्मुख रहेको स्वास्थ्यकर्मीहरुले गरेको परिक्षणबाट पुष्टि भएको छ ।’

भेटमा गौतमले नियमलाई कडाई पूर्वक पालना गर्न, नआत्तिन, रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने खालको खानेकुरामा बढी जोड दिन विारमीहलई अनुरोध समेत गरे । सो अवसरमा उनले विरामीहरुको लागि गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारको सहयोगको लागि तयार रहेको विरामीहरुलाई आस्वस्त पारेका थिए ।

विरामीको सेवामा दैनिक रुपमा स्वास्थ्यकर्मी
गाउँपालिकाले दैनिक रुपमा प्रत्येक विरामीलाई भेट्न र विरामीको चेकजाँच गर्न स्वास्थ्यकर्मी परिचालन गरेको छ । अध्यक्ष गौतमका अनुसार औषधि ख्वाउन स्वास्थ्यकर्मी आफै होम आइसोलेसनमा पुग्ने गर्छन ।

‘दैनिक रुपमा घर–घरमै पुगेर स्वास्थ्यकर्मीले विरामीको चेकजाँच गर्ने गरेको छ । सोही अनुसार हामीले गाउँपालिकामा भएको स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेका छौं ।’ उनले भने, ‘कतिपय ठाउँमा म आफै पनि स्वास्थ्यकर्मीका साथमा जाने गरेका छु । आज मादकुँडारी र कात्तिके देउरालीमा पुगें ।’ दैनिक रुपमा स्वास्थ्यकर्मी आफ्नो आइसोलेसन कक्षमा चेकजाँच गर्न र औषधि ख्वाउन आएपछि विरामीहरुको मनोवल बढ्नुको साथै खुशी भएको पाइएको छ ।

अक्सिजन दिनै परे मात्र अस्पतालमा
कोरोना संक्रमति विरामीहरु सकेसम्म होम आइसोलेसनमै व्यवस्थापन गर्ने गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘होम आइसोलेसनमा पारिवारिक वातावरणमा विरामी रहन पाउने भएकोले आत्मबल बढ्नुको साथै राम्रो हेरचाह हुने गरेको पाइएको छ ।’ उनले भने, ‘आवश्यक स्वास्थ्य परामर्श, औषधि वितरण आदिलाई गाउँपालिकाले चुस्त बनाएका छौं ।’

विरामीलाई अक्सिजन दिनै परे मात्र अस्पतालमा ल्याउने गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘हामीले ३ वटा अस्पतालमा आइसोलेसन बनाएका छौं । वडा नं. २, वडा नं. ३ र वडा नं. ५ मा रहेको अस्पतालमा हामीले १८ बेडको आइसोलेसन कक्ष बनाएका छाौं ।’ उनले भने, ‘अस्पतालमा चाहिं अक्सिनजन दिनैपर्ने विरामीलाई मात्र भर्ना गर्ने गरिएको छ । होम आइसोलेसनमा रहेकालाई पनि गाह्रो परेमा अस्पताल ल्याउने गरेको छ ।’

आइसियू र भेटिलेटरमा राखेर उपचार गर्नुपर्नेलाई मात्र अरु अस्पतालमा रिफर गर्ने गरेको बताउँदै उनले आजसम्म ३ जना संक्रमितलाई रिफर गरिएको जानकारी दिए ।

अस्पताल आइसोलेसन सोचेको भन्दा राम्रो
अस्पताल आइसोलेसनमा रहेर कोरोना जितेकाहरु आफूले सोचेको भन्दा राम्रो वातावरण पाएकोमा खुशी भएका छन् । वडा नं. ९, गोठपानीका डुप्चन लामा १४ दिन आस्पताल आइसोलेसनमा उपचार पछि कोरोना जितेका छन् । लामाले अस्पताल आइसोलेसनमा आफूले सोचेको भन्दा धेरै सहयोग पाएको अनुभव सुनाए । लामाले कोरोनालाई जित्दा आफूले संसारै जितेको बताए ।

‘अस्पतालमा बस्दा मैले सोचेको भन्दा धेरै सहयोग पाएँ । यहाँको डाक्टरहरु, गाउँपालिकाका जनप्रतिनिधिहरुले धेरै चासो र चिन्त गरेको पाएको छ ।’ उनले भने, ‘अरु भन्दा पनि मैले पारिवारिक वातावरण पाएँ । खानेकुराहरुमा धेरै राम्रो व्यवस्थापन गरेको पाएँ । मनौवैज्ञानिक रुपमा पनि उच्च मनोबल बनाउन मलाई उहाँहरुले सहयोग गर्नुभयो । आज मैले कोरोना जित्दा संसारै जितेको महासुस भएको छ ।’

यस्तो छ गाउँपालिका भरि संक्रमितको अवस्था
गाउँपालिका भरि हाल सक्रिय संक्रमित संख्या ६० जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । जस मध्यक्ष् २६ महिला ३४ पुरुष रहेका छन् । अस्पताल आइसोलेसनमा १० जना रहेका छन् भने ५० जना होम आइसोलेसनमा रहेका छन् । आजै मत्र ५ जनाले कोरोना जितेको धुसेनी सिवालय प्राथमिक अस्पतालले जनाएको छ ।

6245
Shares

ट्रेन्डिङ