सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा २७ जना निको भए: २०६ जना थपिए, २ जनाको मृ’त्यु

काभ्रेमा २७ जना निको भए: २०६ जना थपिए, २ जनाको मृ’त्यु

3990
Shares
काभ्रेमा २७ जना निको भए:  २०६ जना थपिए, २ जनाको मृ’त्यु

काभ्रे : काभ्रेमा आज २७ जना कोरोना सं क्रमित निको भएका छन् । आज एकैदिन २०६ जना नथपया सं क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

जिल्लाका २ जना कोरोना सं क्रमित आजै मृ’त्यु भएको छ । आज मृ त्यु हुनेमा भुम्लु गाउँपालिकाकी ७९ बर्षीय महिलाको होम आईसोलेसनमै र पनौती नगरपालिकाका ५५ बर्षीय पुरूषको धुलिखेल अस्पतालमा मृ त्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

आज पीसीआर परीक्षण गर्दा सबैभन्दा बढी रोशी गाउँपालिकामा १८ जना महिला र १५ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।  बनेपा नगरपालिकामा १४ जना पुरुष र १२ जना महिला, धुलिखेल नगरपालिकाका १४ जना महिला र ११ जना पुरुष, पनौती नगरपालिकाका महिला र पुरुष १०/१० जनामा सं क्रमण पुष्टि भएको छ ।

त्यसैगरि नमोबुद्ध नगरपालिकाका १४ जना पुरुष र ७ जना महिला, पाँचखालनगरपालिकामा ७ जना पुरुष र ६ जना महिला, चौरीदेराली गाउँपालिकाका ६ जना महिला र २ जना पुरुष, भुम्लु गाउँपालिकामा २ जना पुरुष र १ जना महिला, बेथानचोक र तेमाल गाउँपालिकामा १/१ जना महिला र पुरुषमा सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

एन्टिजेन परीक्षण गर्दा सबैभन्दा बढी महाभारत गाउँपालिकामा १६ जना पुरुष र ८ जना महिलामा कोरोना सं क्रमण देखिएको छ । भुम्लु गाउँपालिकामा ८ जना पुरुष र ५ जना महिला, खानीखोला गाउँपालिकामा ६ जना महिला र ३ जना पुरुष, नमोबुद्ध नगरपालिकामा ४ जना पुरुष र ३ जना महिला र चौरीदेराली गाउँपालिकामा २ जना महिलाको एन्टिजेन परीक्षण गर्दा सं क्रमण देखिएको हो ।

योसँगै जिल्लामा सक्रिय कोरोना सं क्रमितको संख्या २ हजार ४८ पुगेको छ । जसमा १०९ जना अस्पतालको आईसोलेसनमा र १९ सय ३९ जना होम आईसोलेसनमा छन् ।

3990
Shares

ट्रेन्डिङ