सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा जारी निषेधाज्ञा ७ दिन थप, निषेधाज्ञा केहि हद सम्म सहज बनाउदै प्रशासन

काभ्रेमा जारी निषेधाज्ञा ७ दिन थप, निषेधाज्ञा केहि हद सम्म सहज बनाउदै प्रशासन

7685
Shares
काभ्रेमा जारी निषेधाज्ञा ७ दिन थप, निषेधाज्ञा केहि हद सम्म सहज बनाउदै प्रशासन

काभ्रे : जिल्ला प्रशासन कार्यालयले २०७८ बैशाख १९ गते जारी गरीएको निषेधाज्ञा आज पुन थप गरी छैटौ पटक थपिएको हो । यस अघि पहिलोपटक ७ दिनका लागि बैशाख २५ गते सम्म , दोश्रो पटक बैशाख २५ गते देखि जेठ २ गतेसम्म, तेश्रो पटक जेठ ३ गते देखि १२ गते सम्म, १३ देखि २२ गतेसम्म चौथो पटक र पाँचौ पटक जेठ २३ गते देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

आज बसेको सुरक्षा ( डिसिएमसी ) समितिको बैठकले जिल्लामा छैटौ पटकका लागी पुन आसार १ गते देखी ७ दिनका लागी निषेधाज्ञा जारी गरी केहि हद सम्म खुकुलो गराइने जानकारी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दिएका हुन् ।

जिल्लामा अत्यावश्यक सेवा खाद्यान्न बिहान ६ बजे देखी १० बजे सम्म खुल्ने, किताब पसल हरु बिहान ११ बजे देखी ४ बजे सम्म खुल्ने, निर्माण सामाग्रीका पसलहरु साँझ ४ बजेबाट ८ बजेसम्म खुल्ने र आवश्यक परेका निर्माण सामाग्री ढुवानीका लागी सहज गरीने,सहकारीहरु हप्ताको दुइदिन , वित्तिय तथा रेमिट्यान्सहरु हप्ताको दुइ दिन संचालन, बैंकहरु भने सुरक्षको मापदण्ड अपनाएर हप्तै भरी सञ्चालन हुने र स्वास्थ्य क्षेत्र भने सदैभ खुल्ला रहने छन् । साथै सार्वजनिक यातायात भने पूर्ण रुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल जानकारी दिए ।

नेपाल सरकारले असार १ गते देखि शैक्षिक क्षेत्र सञ्चालन गर्ने निति लिएको छ तर जिल्लामा शैक्षिक भर्ना केहि सामुदायीक र निजी विद्यालयहरुमा भर्ना सुरु भएको छ । सरकारले लागु गरेको भर्ना कार्यक्रममा जिल्लाले अन्लाइन भर्ना तथा कक्षाको सबालमा अन्लाइन कक्षा सञ्चालन गर्ने निणय गर्ने गरी विद्यार्थीको सिकाइमा कुनै प्रकारको असर नपर्ने गरी आदेश जिल्ला प्रशासन कार्यलयले दिएको छ ।

 आदेश

7685
Shares

ट्रेन्डिङ