सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘सांसद बमध्वजलाई जसरी पनि मन्त्री बनाउनु’: माओवादी केन्द्र काभ्रे

‘सांसद बमध्वजलाई जसरी पनि मन्त्री बनाउनु’: माओवादी केन्द्र काभ्रे

5970
Shares
‘सांसद बमध्वजलाई जसरी पनि मन्त्री बनाउनु’: माओवादी केन्द्र काभ्रे

नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला कमिटीले संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गंगा बहादुर दोङ बमध्वजलाई मन्त्री बनाउन माग गरेको छ । आज बसेको जिल्ला कमिटी बैठकले सांसद बमध्वजलाई मन्त्री बनाउन केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष रूकु चौलागाईंले जानकारी दिनुभयो ।

जिल्ला कमिटीले सांसद बमध्वज मन्त्री भन्न योग्य रहेको भन्दै जसरी भएपनि मन्त्री बनाउन नाम सिफारिस गरेको हो । ‘हाम्रा माननीय मन्त्रीका लागि योग्य हुनुहुन्छ, काभ्रेबाट माओवादीका सांसदलाई मन्त्री बनाईयोस् भनेर केन्द्रीय कमिटीमा नाम सिफारिस गरेका हौँ, जिल्ला पार्टी अध्यक्ष चौलागाईंले भन्नुभयो ।’

सांसद बमध्वज स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो । पछि संघको निर्वाचनमा बमध्वजले टिकट पाउँनुभयो र एमाले-माओवादीको गठबन्धनले विजयी हुनुभएको थियो ।

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ वटा निर्वाचित एमाले सांसद गोकुल बाँस्कोटा केपी ओली नेतृत्वको  मन्त्री तथा सरकारका प्रवक्ता बन्नु भएको थियो । बाँस्कोटा मन्त्री भएपछि निर्वाचन क्षेत्र नम्बर २ मा विकास बजेट अस्वाभाविक रूपमा बढेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा बजेट निकै कम गएको भन्दै सांसद बमध्वजको बेला बेला आलोचना हुने गरेको छ । कति योजनाका बजेट समेत बाँस्कोटाकै कारण आएको भन्दै चर्चा हुने गरेको छ । यसैको मेख मार्न पनि काभ्रे माओवादीले सांसद बमध्वजलाई मन्त्री बनाउन केन्द्रीय कमिटीलाई दबाव दिएको बताईन्छ । ‘नाम टुङ्गयाउने जिम्मा केन्द्रीय कमिटीको हो, तर हाम्रो जिल्लालाई मन्त्री आवश्यक छ भनेर बैधानिक हिसाबले सिफारिस गरेका छौँ, जिल्ला पार्टी अध्यक्ष चौलागाईंले भन्नुभयो ।’

5970
Shares

ट्रेन्डिङ