सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेस काभ्रेमा गुट ब्याटल सुरू: ‘आचार्य-हुँदैन, हुमागाई-हुन्छ, कार्यकर्ता-पर्यौ रणभुल्ल’

कांग्रेस काभ्रेमा गुट ब्याटल सुरू: ‘आचार्य-हुँदैन, हुमागाई-हुन्छ, कार्यकर्ता-पर्यौ रणभुल्ल’

17875
Shares
कांग्रेस काभ्रेमा गुट ब्याटल सुरू: ‘आचार्य-हुँदैन, हुमागाई-हुन्छ, कार्यकर्ता-पर्यौ रणभुल्ल’

चरम गुटबन्दीमा फसेको कांग्रेस काभ्रेमा स्थानीय तहको अधिवेशनको मुखैमा आएर ब्याटल सुरू भएको छ । भोली काभ्रे कांग्रेसले १३ वटै स्थानीय तहमा अधिवेशन तोकेको छ । तर त्यसको अघिल्लो दिन ब्याटल सुरू उत्कर्षमा पुगेको छ ।

निर्वाचन अधिकृत राजेन्द्र कुमार लामिछाने मोबाइल अफ गरेर सम्पर्क बिहीन भएको जिल्ला सभापति मधु आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै बताउनुभएको छ । तर सभापतिलाई काउण्टर दिँदै पूर्व सभापति शिव हुमागाईले निर्वाचन अधिकृतको हवला दिदै अधिवेशन हुने दाबी गर्नुभएको छ ।

सभापति मधु आचार्यले सूचना जारी गर्दै भनेका छन् ‘नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिनुभएका निर्वाचन अधिकृत श्री राजेन्द्र लामिछाने विना सूचना बेपत्ता हुनुभएको, मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधि समेतको सुनिश्चित नभएको कारण भोली हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्वध्द सबै साथीहरुलाई जानकारी गराइन्छ।’

तर पूर्व जिल्ला सभापति शिव हुमागाईले अर्कै सूचना जारी गर्दै भनेका छन्: ‘जिल्ला निर्वाचन अधिकृत राजेन्द्र कुमार लामिछानेको अनुसार नेपाली कांग्रेस काभ्रेको भोलि हुने १३ वटै स्थानीय तहको अधिबेशन स्थगित नभएको व्यहोरा जानकारी गराइन्छ ।’

यसरी गुटलाई राजनीतिक संस्कार बनाएका दुई नेताले फरक फरक सूचना प्रवाह गरेपछि वडाबाट निर्वाचित प्रतिनिधि भने रणभुल्लमा परेका छन् । केन्द्रले काभ्रे जिल्लाका लागि खटाएको निर्वाचन अधिकृत सम्पर्कविहिन छन् । निर्वाचन अधिकृत राजेन्द्र लामिछानेको फोन स्वीच अफ छ ।

17875
Shares

ट्रेन्डिङ