सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नमोबुद्ध नगरपालिका ७ को काँग्रेस पार्टी कार्यालय उद्घाटन

नमोबुद्ध नगरपालिका ७ को काँग्रेस पार्टी कार्यालय उद्घाटन

3825
Shares
नमोबुद्ध नगरपालिका ७ को काँग्रेस पार्टी कार्यालय उद्घाटन

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ नेपाली काँग्रेस नयाँ कार्यममितिले पालिकाभित्रका ११ वटै वडाका नवनिर्वाचित सभापतिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

 

आज वडा नं ७ मा पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रमममा सभापतिहरुलाई पनि सम्मान गरिएको हो ।त्यस्तै कार्यक्रममा नगर कार्य समितिलाई पनि सम्मान तथा बधाई दिएको छ ।

नव निर्वाचित नगरसभापति कुन्साङ लामाको प्रमुख आतिथ्यतामा भएकोे पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा विशिष्ट अतिथि नगर कार्यसमिति उपसभापति इन्द्र बहादुर दाहाल, कृष्ण बहादुर लामा,सचिव महेन्द्र थिङ,रामेश्वर अधिकारी लगाएतको उपस्थित रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामाले नेपाली काँग्रेस पार्टीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ पार्टी कार्यालय स्थापना गरेको बताए ।

3825
Shares

ट्रेन्डिङ