सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए

निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए

5425
Shares
निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए

काभ्रे, ३१ साउनः झण्डै तीन वर्षअघि काम गर्न काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ चप्लेटीमा आइपुगेका बाउआमा आफ्ना ४ सन्तानलाई छाडेर सम्पर्क बिहीन भएका छन् । खोटाङ स्थायी ठेगाना बताउने उनीहरू करिब ३ वर्षअघि देखिनै चप्लेटीमा बस्दै आएको जानकारी आफुले पाएको वडा नम्बर २ का वडाध्यक्ष देव प्रसाद कोराइलाले बताउनुभयो ।

उनीहरू कामको सिलसिलामा यहाँ आइपुगेको बताइएको छ । यी चार जना बालबालिकाका बुबा दुइ बर्षदेखि सम्पर्क बिहीन रहेको बताइएको छ । आमाले अर्कैसँग विहे गरेर गएको बालबालिकाले बताउने गरेका छन् । बालबालिकाहरु १२ , १०, ७ र ४ उमेका छन् । कमाएर खुवाउने परिवारका सदस्यले छोडेपछि यी चारै जना बालबालिका अलपत्र परेका छन् ।

छोरी ज्वाइले अलपत्र छोडेरपछि काठमाण्डै बस्दै आउनुभएकी मामाघरको हजुरआमा चप्लेटीमै आएर खाना पकाएर खुवाउने काम गरिरहेको बताइएको छ । ती हजुरआमा पनि उमेरका कारण अन्य काम गर्न सक्ने अवस्थामा नरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।

5425
Shares

ट्रेन्डिङ