सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपेन्द्र महतोको रसरङमा प्रधानमन्त्री पुत्र

उपेन्द्र महतोको रसरङमा प्रधानमन्त्री पुत्र

4130
Shares
उपेन्द्र महतोको रसरङमा प्रधानमन्त्री पुत्र

प्रधानमन्त्री पुत्र प्रकाश दाहाललाई रसरङमा भुलाएर अफसोर कम्पनीका नाममा कालोधनको वारपार गर्ने नवधनाध्ये उपेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डको दुरुपयोग गर्न थालेका समाचार सार्वजनिक भएका छन् ।
मन्त्रिपरिषद सचिवालय र निवास सचिवालयमा सल्लाहकारहरुको रगरगी हुनथालेपछि उपसचिवदेखि सहसचिव स्तरका कर्मचारीहरु चिया खाएर फर्कन थालेका छन् । जे गर्छन्, प्रधानमन्त्रीका नातेदार सल्लाहकारहरुले गर्छन्, नियम कानुन जेसुकै होस्, सल्लाहकार नै निर्देशन दिने गर्छन् ।
स्रोतका अनुसार उपेन्द्र महतोले प्रचण्ड पुत्रलाई रसरङ्मा भुलाएर किचेन क्याविनेटको हैसियत प्राप्त गरिसकेको छ र उनले चाहेअनुसार जुनसुकै विषयमा प्रधानमन्त्रीलाई निर्णय लिन लगाउन सक्ने भइसकेको चर्चा छ ।
त्यसै पनि अर्वपति उपेन्द्र महतोको लगानी शंकाको घेरामा छ । चार ठूला वैंकमा उनको आर्थिक कारोवार शंकास्पद मानिएको छ । तर तिनै महतोले पुत्र प्रकाशलाई हातमा लिएर राज्यशक्तिको दुरुपयोग गर्न थालेका सवालहरु उठेका छन् । उपेन्द्रको पछिल्लो हरकत भनेको सरकारी स्वामित्वका जग्गाजमिन हडप्ने खेल, जुन डरलाग्दो भ्रष्टाचारका रुपमा देखिएका छन् ।
रसिया र बेलारुसमा अपारदर्शी व्यवसाय गर्दै आएका डा. महतोले अढाइदशक अघि कमाएको भनिएको एक खर्ब शंकास्पद मानिएको छ । तर, महतो विदेशबाट पैसा लाने ल्याउने गरिरहेका छन् र कुनै कर तिर्दैनन् । उनको स्रोत पनि खुल्दैन । स्रोत नखुलेका रकम आतंककारी हो कि सम्पत्ति शुद्धिकरणमा जानु पर्ने हो, कसैले प्रश्न पनि उठाउँदैनन् । यसबाट थाहा हुन्छ कि महतोको राजनीतिक पकड कति बलियो भइसकेको छ ।
वैदेशिक लगानी अथवा आम्दानी भित्र्याउन स्रोत खुल्नुपर्छ, अग्रिम अनुमति लिनुपर्छ, कर तिर्नुपर्छ । अख्तियार हनुमान बनेपछि महतोको कालोधनको साम्राज्य बिस्तार भएको छ, त्यसमाथि प्रचण्डको किचेन क्याविनेटमा पकड बनेपछि त उद्यम, व्यापार र आर्थिक क्षेत्रमा महतो क्यास किङका रुपमा चर्चित हुनथालेका छन् ।
यी तिनै महतो हुन् जसले आफ्नो एनसेलको विक्रीमा ६३ करोड कर छलेका थिए । जसको फाइल सरकारको दबाबमा खुल्न सकेको छैन । त्यसपछि रामदेवको लगानीलाई आफ्नो भनेर यिनले म नेपाली हुँ भनेर छाँद हालेर छोपछाप पारे । जुन अनियमित हो । आफ्नो कालो साम्राज्य फैलाउन महतो प्रधानमन्त्री पुत्रको दुरुपयोग गर्न थालेको खबरले माओवादी कार्यकर्तासमेत चिन्तित भएको देखिन्छ ।
रक्सीले बदनाम भएपछि अव म रक्सी नै पिउँदिन भन्ने प्रकाशलाई सही स्थानमा नराख्ने हो भने प्रचण्डको रहेसहेको साख महतोको नाममा बदनाम हुनसक्ने देखिन्छ ।
महतो अव प्रकाशकै सहयोगमा नेपाल टेलिकमको २५ प्रतिशत शेयर खरिद गर्ने चाँजोपाँजो मिलाउन व्यस्त छन् । नेपाल टेलिकमजस्तो ठूलो कम्पनी हात पार्न सके कालोधन सेता पार्न सकिने उनको योजना हुनसक्ने अनुमान गरिएको छ ।
यिनै महतोले अख्तियारका निमित्त प्रमुख दीपकुमार बस्नेतलाई प्रमुख आयुक्त बनाएर आफ्नो कालो संसाद झलमल्ल पारिरहने खेलमा पनि महतो लागेको बताइन्छ । महतो कालो संसारको बहुमुखी प्रतिभाका रुपमा निस्किएका छन्, यिनलाई नियम कानुनले पक्रने दिन छिटो आउने चर्चा व्याप्त छ । (साभार)

4130
Shares

ट्रेन्डिङ