सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘शिक्षा क्षेत्रको समस्या समाधान हुन्छ’ : शिक्षा मन्त्री पौडेल

‘शिक्षा क्षेत्रको समस्या समाधान हुन्छ’ : शिक्षा मन्त्री पौडेल

5530
Shares
‘शिक्षा क्षेत्रको समस्या समाधान हुन्छ’ :  शिक्षा मन्त्री पौडेल

काभ्रे :  शिक्षा, विज्ञान तथा प्रविधि देवेन्द्रराज पौडेल शिक्षा क्षेत्रको समस्या समाधान गरेर सरकार अघि बढ्ने बताउनुभएको छ । आज काभ्रे आएका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

जिल्लाको रोशी गाउँपालिका वडा नम्बर १२ घ्याङडाँडामा निर्माण हुने विद्यालय, स्वास्थ्य केन्द्र, वृद्धाश्रम र गुम्बा निर्माण परियोजनाको शिलान्यास गर्दै मन्त्री पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताउनुभएको हो ।

शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड उहाँले भन्नुभयो,’शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्छ । सबैसंग समन्वय गरेर अघि बढ्छ ।

घ्याङडाँडामा निर्माण हुने संरचनाले यहाँको मुहार फेर्ने विश्वास लिएको छु ।’ मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताउनुभयो ।

5530
Shares

ट्रेन्डिङ