सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कर्नेलको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ

कर्नेलको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ

620
Shares
कर्नेलको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ छन् । प्रेमबहादुर  र अम्बरबहादुरले  ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।

अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।

साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।

620
Shares

ट्रेन्डिङ