सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोइलामुक्त अभियानः धुलिखेल नगरपालिकाको बेलायतमा चर्चा

कोइलामुक्त अभियानः धुलिखेल नगरपालिकाको बेलायतमा चर्चा

3300
Shares
कोइलामुक्त अभियानः धुलिखेल नगरपालिकाको बेलायतमा चर्चा

काभ्रे: धुलिखेल नगरपालिकाको कोइला मुक्त अभियानको बेलायतमा चर्चा भएको छ । केही हप्ता अघिमात्रै धुलिखेल नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र कोइलाको प्रयोग गर्न रोक लगाउने निर्णय गरेको थियो ।

जिल्ला सदरमुकाम र पर्यटकीय नगर समेत रहेको धुलिखेल नगरपालिकाले सो अभियानलाई अरू निकाय तथा मुलुकलाई पनि अनुमोदन गर्न अनुरोध गरेको थियो । यसैबिचमा बेलायत,स्कटल्याण्डको ग्लास्गो शहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा यसको निकै चर्चा भएको छ ।

उक्त कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालको काभ्रेस्थित धुलिखेल नगरपालिकाले कोइलाको प्रयोगलाई प्रतिबन्ध लगाएको सन्देश प्रवाह गर्नुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुका अनुसार नगरक्षेत्रभित्र कोइलाको प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षभित्र नगरबासीका सबै घरभित्रको प्रयोग भएको फोहोर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको छिमेकी जिल्ला काभ्रेस्थितको एक नगरपालिकाले चालेको अभियानको सन्देश नेपालका लागि बेलायती राजदूतले प्रवाह गरेको भोलिपल्टै विश्वका सबैजसो राष्ट्रले कोइलाको प्रयोग रोक्ने घोषणा गरेका छन् । यो एक संयोग मात्र हुन सक्छ तर पनि नेपालको सन्देशले ठूलो ठाउँ ओगटेको विश्लेषकहरुले अनुमान गरेका छन् ।

3300
Shares

ट्रेन्डिङ