सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • साझा मञ्चले गर्यो पाँच ब्याक्तित्वलाई सम्मान

साझा मञ्चले गर्यो पाँच ब्याक्तित्वलाई सम्मान

4380
Shares
साझा मञ्चले गर्यो पाँच ब्याक्तित्वलाई सम्मान

बनेपा , असार १६ । हाल २३ देशमा शाखा विस्तार गरी काम गर्दै आएको यस नेपाली साझा मञ्चले बिहिबार बनेपा स्थित नेपाल पत्रकार महासंघको भवन बुडोलमा एक कार्यक्रमका बीच काभ्रे जिल्लामा शाखा विस्तार गरी नब निर्मित कार्यसमितिलाई र बिभिन्न क्षेत्रबाट ख्याती कमाउन सफल ब्यक्तित्व हरुलाई समान तथा भेटघाट कार्यक्रम सम्पन गरेको छ । बनेपा नगरपालिकाका नवनिर्बाचित मेयरको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । “देशका लागि केही गरौ ” भन्ने मूल मन्त्र बोकी स्थापना भएको नेपाली साझा मन्च काठमाडौंले काभ्रेमा आफ्नो शाखा बिस्तार गरी भेटघाट तथा सम्मान कार्यक्रम समापन गरेका हो ।

बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह बादे , उपमेयर रेखा दाहाल , नबनिर्बाचित पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना त्यस्तै गरी लोकगायक मछेस्वर सापकोटा र राष्ट्रिय एवम काभ्रेली युवा गायक रामहरी न्यौपानेलाई अझ उनीहरुको मनोबल बढाउन र आगामी दिनमा पनि आफु कार्यरत क्षेत्रमा अझ अग्रसर रुपमा काम गर्नका लागि हौसला मिलोस भन्ने हेतुले सम्मानित गरिएको संस्थाका केन्द्रीय अध्यक्ष रामकृष्ण घिमिरेले बताए । नेपाली युवायुवती आफ्नो देश र परीवार समाज सबै कुराहरु त्यागेर अर्काको देशमा रोजगारका लागि जादा बिभिन्न शोषणमा परेकालाई उद्दार एबम क्षतिपूर्ति दिदै आएको कुरा पनि घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै लोकगायक मछेस्वर सापकोटाले आफुलाई यस सम्मानले झन् काम गर्न हौसला मिलेको र आफु नेपाली साझा मंच प्रति सधै आभारी रहने बताए । काभ्रेमा ९ सदस्य भएको संस्थाले कार्यसमिति चयन गरेको छ। कार्यक्रम संचालन भने संचारकर्मी संजय न्यौपानेले गरेका हुन् l शाखाका नव निर्बाचित सचिब केदार न्यौपानेले भने कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उनले भने बिदेशमा अलपत्र परेकालाई उदार गर्ने हाम्रो नीति रहेको र सोहि नीति अनुरुप नब गठीत काभ्रे शाखाले पनि तिब्र गतिमा काम अघि बढाउने जानकारी दिएका छन ।

4380
Shares

ट्रेन्डिङ