सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसमा नयाँ ट्विस्टः तीर्थ लामाको समूहमा महेश, कञ्चन र गणेशको इन्ट्री

काभ्रे कांग्रेसमा नयाँ ट्विस्टः तीर्थ लामाको समूहमा महेश, कञ्चन र गणेशको इन्ट्री

20320
Shares
काभ्रे कांग्रेसमा नयाँ ट्विस्टः तीर्थ लामाको समूहमा महेश, कञ्चन र गणेशको इन्ट्री

काभ्रे कांग्रेसको रैथाने गुट टुट्फुट भएको छ । तीर्थ लामाले जिल्ला सभापतिमा उम्मेदवार घोषणा गरेसँगै कांग्रेसभित्रको गुट तितरवितर भएको हो । काभ्रेभित्रको समीकरण रातारात परिवर्तन भएको छ ।

यस अघि सभापति मधु आचार्य गुटमा रहेका शक्तिशली नेताहरुले सभापतिका लागि तीर्थ लामालाई साथ दिने सहमति गरेको स्रोतको दाबी छ । हिजो राती तीर्थ लामा, गणेश लामा, तीर्थ पसखल, कञ्चन चन्द्र बादे र महेश खरेल लगायत जिल्लाका शीर्षस्थ नेताबीच भएको चौपक्षीय सहमतिले काभ्रे कांग्रेसमा नयाँ तरङ्ग पैदा गरिदिएको हो ।

केन्द्रिय सदस्य एवं पूर्व जिल्ला सभापति शिव हुमागाई समूहबाट अलग हुदैँ तीर्थ लामाले १४ औँ जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेसँगै कांग्रेसभित्रको गुट अन्ततः टुटफुट भएको छ ।

शिव हुमागाई समूहबाट तीर्थ लामा समूह अलगिएपछि खुशी भएका जिल्ला सभापति आचार्यलाई नयाँ समीकरणसँगै सबैभन्दा बढी नोक्सान हुने देखिएको छ । स्रोतका अनुसार तीर्थ लामा समूहले महेश खरेल, कचञ्नचन्द्र बादे, तीर्थ पसखल र गणेश लामाबीच आगामी स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा समेत आन्तरिक उम्मेदवारको सहमति गरेका छन् ।

तीर्थ लामा समूहकै बलमा काभ्रे कांग्रेसको शक्तीशाली गुटको नेतृत्व गरेका पूर्व जिल्ला सभापति शिव हुमागाई समूह नयाँ समीकरणसँगै थप विचलित हुने अवस्था सिर्जना भएको छ । जिल्लामा शिव हुमागाई र मधु आचार्य समूहबीच नयाँ समीकरणको चर्चा पनि चल्न थालेको छ । तर त्यो सम्भव दुबै तर्फका कयौँ समर्थकहरु देख्दैन् । हुमागाई र आचार्य बीच लगभग पानी बाराबारकै अवस्था छ ।

महेश खरेल र गणेश लामाले वडा र पालिका अधिवेशनमा जिल्ला सभापति मधु आचार्य समूहलाई सहयोग गरेको थियो । तीर्थ लामा समूह र हुमागाई समूह संयुक्त रुपमा वडा र पालिका अधिवेशनमा सहभागि भएका थिए । तर प्रदेश र संघको सभापति सहित पदाधिकारीमा शिव हुमागाईले आफ्नालाई मात्रै टिकट दिएपछि तीर्थ लामा समूह आफ्नो बाटो लागेको हो ।

तर कयौँ कांग्रेसी कार्यकर्ताहरु अझै पनि शिव हुमागाईले गुटलाई शक्तिशाली बनाउन सक्ने आश भने विचित्तै रहेको बताउँछन् । हुमागाई कृष्ण प्रसाद सिटौलाको नेतृत्व गर्दै काभ्रेमा गुट चलाउनुहुन्छ भने तीर्थ लामा सभापति शेर बहादुर देउवाको विश्वासिलो पात्रको रुपमा चिनिन्नु हुन्छ ।

युवा नेताहरुको छुट्टै समीकरण बनेपछि हुमागाई र आचार्य समूहका कयौँ कांग्रेसी कार्यकर्ता दोधारमा परेका छन् । अहिले नै कित्ता क्लियर गर्ने की अझै एक दुई दिन हेर्ने भन्नेमा उनीहरु दुविधामा देखिन्छन् ।

विश्वस्त स्रोतका अनुसार जिल्ला सभापतिका लागि उम्मेदवार घोषणा गर्नुभएका तीर्थ लामाले धुलिखेलमा यहि २८ गते सम्पर्क कार्यालय खोल्नु हुने छ । नयाँ समीकरण भत्काउन कोशिस हुन सक्नेभन्दै अहिले पनि तीर्थ लामाले गणेश लामा, तीर्थ पसखल, महेश खरेल कन्चनचन्द्र बादे लगायत फरक समूहका नेतासंगको सम्बादलाई निरन्तरता दिइरहनु भएको छ ।

20320
Shares

ट्रेन्डिङ