सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • उपप्रमुख सहित ९२ जनाको भूकम्पमा परेर मृत्यु

उपप्रमुख सहित ९२ जनाको भूकम्पमा परेर मृत्यु

2855
Shares
उपप्रमुख सहित ९२ जनाको भूकम्पमा परेर मृत्यु

काठमाडौँ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पमा परेर जाजरकोटमा ३० जना घाइते भएका छन् । सामान्य घाइतेहरूको संख्या धेरै रहेको डिएसपी रोकाले बताए । घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ । ८ जनालाई सुर्खेत रिफर गरिएको छ ।

2855
Shares

ट्रेन्डिङ