सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशनः गणेश लामाको अग्रता

काभ्रे काँग्रेस अधिवेशनः गणेश लामाको अग्रता

13060
Shares
काभ्रे काँग्रेस अधिवेशनः गणेश लामाको अग्रता

 

हिजोदेखि भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा काभ्रेमा गणेश लामाको अग्रता रहेको छ ।

क्षेत्र नं १ बाट खुल्ला तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेरदवारी दिनुभएको उहाँले अहिलेसम्मको मत परिणाम अनुसार अग्रता लिनुभएको हो । उहाँले अहिलेसम्म २१६ मत प्राप्त गर्नुभएको छ ।

काभ्रेको जारी संघीय निर्वाचन क्षेत्र अधिवेशनमा मतदान सकिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा कम्तिमा ५ सय मत गनिसकिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले बताउनुभयो । यो क्षेत्रमा १२ सय ६३ मत खसेको छ । कुल प्रतिनिधि १३ सय १४ जना रहेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ मा शिव प्यालनबाट सभापतिमा दिनेश लामा उम्मेदवार हुनुहुन्छ भने मधु प्यानलले विष्णु माया पुलामीलाई सभापतिमा उठाएको छ ।

शिव हुमागाई प्यानलबाट सचिबमा शिव प्यानलबाट विद्या सागर लामा र किशोर राज गिरी, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै मधु प्यानलबाट सभापतिमा विष्णुमाया पुलामी, सचिबमा सुमित्रा आचार्य बञ्जारा र हिरामाया मानन्धर, उपसचिबमा कान्छी र यशु थिङ रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्मका मतपरिणाम हेर्दा गणेश लामाको टिम केहि अघि देखिन्छ ।

निर्वाचन क्षेत्र नम्बर २ को भने मतगणना प्रक्रिया अहिलेसम्म सुरु भएको छैन् । अब केहिसमय पछि मत खन्न सुरु गरिएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो । यो क्षेत्र नम्बर १२ सय ३० जना प्रतिनिधि छन् । जसमा १२ सय भन्दा बढीले मतदान गरेको बताइएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा मधु प्यालनबाट सभापतिमा महेश खरेल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । खरेलको टिमबाट सचिबमा कृष्णबुद्ध बजगाई र नारायण सापकोटा, सह सचिबमा चिरञ्जवी आचार्य (दिलिप) र पुरुषोत्तम बजगाईको उम्मेदवारी परेको छ ।

शिव हुमागाई समूहबाट क्षेत्र नम्बर २ को सभापति सुन्दरमणी आचार्य प्रतिस्पर्धामा हुनुहुन्छ । सुन्दरमणीको टिमबाट सचिबमा आनन्द सापकोटा र राम जोशी, सहसचिबमा निराजन लुईटेल र राजेश तिमल्सिना हुनुहुन्छ ।

13060
Shares

ट्रेन्डिङ