सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मधु र शिव प्यानल चुनाव भिड्दै

आज काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मधु र शिव प्यानल चुनाव भिड्दै

7550
Shares
आज काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मधु र शिव प्यानल चुनाव भिड्दै

 

काभ्रे : आज नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशन हुदैँछ । बनेपामा अधिवेशन हुनेछ ।

अधिवेशनमा सहभागि हुने टाढा टाढाका प्रतिनिधिहरु हिजै धुलिखेल, बनेपा, पनौती लगाएका सहरमा आएर बसिकेका छन् । अधिवेशनमा २५ सय ४४ प्रतिनिधि सहभागि हुनेछ ।

जिल्ला कार्य समितिका लागि मधु आचार्य र शिव हुमागाई प्यानलले आ आफ्नो उम्मेदवारी खडा गरेका छन् । नेतृत्वमा सहमति नभएपछि सिँगो टिम घोषणा गरेर दुबै पक्ष चुनाव लड्दै छ ।

शिव हुमागाईले मधु प्यानलका सभापति उम्मेदवार अच्युत प्रसाद पौडेललाई सहयोग गर्ने चर्चाका माज हिजो राति आकस्मिक पत्रकार सम्मेलन गरेर हुमागाई आफ्नो समूहका उम्मेदवार तीर्थ लामा रहेको भन्दै अन्य समूहलाई सहयोग गर्न नसक्ने बताउनुभएको छ ।

शिव प्यानलबाट सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने रहनुभएको छ । सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देल रहेका छन् ।

सदस्यहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा लगायत रहनुभएको छ ।

मधु आचार्य प्यालनबाट सभापतिमा अच्युत प्रसाद पौडेल, उपसभापतिमा गोविन्द थापा र शंखरदास लामा (राजु), सचिबमा कमल तामाङ र दिनेश भुर्तेल, सह सचिबमा रञ्जीब श्रेष्ठ र विनोद गौतम प्रतिस्पर्धामा हुनुहुन्छ ।

7550
Shares

ट्रेन्डिङ