सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशन: मत गणना गर्ने तयारी

काभ्रे काँग्रेस अधिवेशन: मत गणना गर्ने तयारी

3260
Shares
काभ्रे काँग्रेस अधिवेशन: मत गणना गर्ने तयारी

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशनमा आज मतगणना हुने भएको छ । अहिले केहिबेरमा मतगणना सुरु हुनेछ । उम्मेदवारको मनोनय ढिला हुँदा हिजो राति अबेरसम्म मतदान चलेको थियो ।

मतगणना बिहान ८ बजेबाट गर्ने भनिए पनि केहि समय पर धकेलिन सकिने मुख्य मतदान अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो । अधिवेशनमा २५ सय ४४ प्रतिनिधिमा २४ सय ६८ मत खसेको छ ।

जिल्ला अधिवेशनमा एक जना सभापति पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । अच्युत प्रसाद पौडेल र तीर्थ लामाले सभापतिमा उम्मेदवारी दिनुभएको छ । दुई जना उपसभापति पदका लागि ५ जना उम्मेदवारी परेको छ ।

गोविन्द्र बहादुर थापा, ठाकुर प्रसाद न्यौपाने, देवराज लामा, रमेश प्रसाद हुमागाई र शंकर दास लामा (राजु) को उम्मेदवारी परेको छ । दुई जना सचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । कमल बहादुर तामाङ, गुणराज मुक्तान, दिनेश भुर्तेल र माधव प्रसाद ढकालको उम्मेदवारी सचिबमा परेको छ ।

त्यस्तै दुई जना सहसचिबका लागि ४ जनाको उम्मेदवारी परेको छ । बिनोद गौतम, रन्जीब श्रेष्ठ, रविन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठको उम्मेदवारी सहसचिबमा परेको हो ।

दुई जना प्रत्यक्ष तर्फको सदस्यमा ४ को जनाको उम्मेदवारी परेको छ । उत्तम काफ्ले, बद्रिनाथ लुइटेल, बद्रि प्रसाद खकुरेल, र यादव प्रसाद सापकोटा रहनुभएको छ ।

४ जना खस आर्य खुल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । ४ जना महिला खस आर्यको पदमा ८ जना, ६ जना खुल्ला तर्फको आदिवासी जनजाति पदमा ११ जनाको उम्मेदवारी परेको छ ।

६ जना खुल्ल तर्फको आदिवासी जनजाति महिला पदमा १२ जनाको उम्मेदवारी परेको छ । एक जना दलित सदस्य पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

3260
Shares

ट्रेन्डिङ