सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र

काभ्रेको पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र

8295
Shares
काभ्रेको पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र

 

काभ्रे : पनौती नगरपालिकाले १२ बर्षे मकर मेलाको तयारीलाई तीब्रता दिएको छ ।

नगरप्रमुख भिम न्यौपानेको संयोजकत्वमा गठन भएको २५१ सदस्यीय मुल ब्यवस्थापन समिति र विभिन्न विषयगत उप समितिहरूले मकर मेला लक्षित कामलाई तीव्रता दिएको हो ।

लीलावती सिंचाई पानी पुण्यमाता नदीमा ल्याउन लीलावती सिँचाई सरसफाई भईरहेको छ । त्रिबेणी मन्दिर परिसर/ढल सरसफाई, पैदल यात्रु सडक निर्माण कार्य भईरहेको छ ।

१२ बर्षे मकर मेलालाई लक्षित गर्दै वैकल्पिक मोटरवाटोको रूपमा पनौती नगरपालिका वडा नम्बर ४ स्थित ठाडोबाटो दूरसञ्चार देखि नगरपालिका हुँदै राधाकृष्ण मन्दिर चोक मोटरबाटो स्तरोन्नति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

त्रिबेणी क्षेत्र तथा गोरखनाथ मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण तथा मर्मत कार्य भैरहेको छ । मकर मेला यहि माघ महिनाभर चल्ने छ । प्रत्येक १२ वर्षमा एक पटक मेला लाग्दै आएको छ ।

 

8295
Shares

ट्रेन्डिङ