सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा पूर्व प्रधानन्यायाधीश कार्कीको भब्य स्वागत

काभ्रेमा पूर्व प्रधानन्यायाधीश कार्कीको भब्य स्वागत

950
Shares
काभ्रेमा पूर्व प्रधानन्यायाधीश कार्कीको भब्य स्वागत

काभ्रे । पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई काठमाडौं विश्वविद्यालयका विद्यार्थीले स्वागत गरेका छन्।

नेपाली कानुनी साहित्य समितिले पिडिएस नेपाल विद्यार्थी सञ्जाल र काठमाडौं विश्वविद्यालय स्कुल अफ लको सहयोगमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउन कार्की काभ्रे आएका हुन्।


कार्कीले बिहिबार समारोहलाई सम्बोधन गर्दै राजनैतिक हस्तक्षेपका कारण न्यायाधीश नियुक्तिमा प्रभाव परिरहेको आरोप लगाएका छन् । उनले राजनैतिक हस्तक्षेपकै कारण न्यायाधीश नियुक्तिमा ढिलासुस्ती हुने गरेको र न्याय सम्पादनमा समेत प्रभाव पारिरहेको बताएका छन् ।

उनले कानुन व्यवसायीले वकालत गर्दा दरिलो रुपमा तथ्यमा टेकेर वहस गर्ने हो भने न्यायाधीश बाहेक कसैले हस्तक्षेप नगर्ने जिकिर समेत लिएका छन् ।

कार्कीले आफु प्रधानन्यायाधिश रहदा हरेक कुरामा जवाफदेहिता कायम गरेको जिकिर समेत गरे। समारोहमा कार्कीद्वारा लिखित ‘न्यायिक शुद्धिकरण’ सम्बन्धि प्रतिवेदनलाई विद्यार्थीले प्रस्तुतिकरण समेत गरेका थिए ।

समारोहमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा सुरेशराज शर्मा, विद्यार्थी, शिक्षक लगायतको उपस्थिति रहेको थियो।

950
Shares

ट्रेन्डिङ